२९ मंसिर २०८२, सोमबार | December 15, 2025

पाल्पामा टिप्पर दुर्घटना हुँदा तिलोत्तमाका २ जनाको मृत्यु



बुटवल । पाल्पामा भएको टिप्पर दुर्घटनामा परि रुपन्देही तिलोत्तमाका २ जनाको मृत्यु भएको छ । आज बिहान ९ बजेको समयमा पाल्पा माथागढी ५ आर्थोकघाट स्थित रहबास (खैरेनी भित्रि कच्चि सडक खण्डमा देवदहको खैरेनीबाट जिल्ला पाल्पा माथागढी स्थित घामिका ढुङ्गा खानीतर्फ जाँदै गरेको लु २ ख ५६१ नम्बरको टिप्पर दुर्घटना हुदाँ चालक रुपन्देही तिलोत्तमा १६ का २४ वर्षीय प्रदिप कुमाल र सोही स्थानका सहचालक १८ वर्षीय मनिष परियारको घटनास्थलमै मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

दुर्घटनाको सूचना आएसँगै प्रहरी चौकी माथागढीबाट प्रहरी सहायक निरीक्षक र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेर सवारी दुर्घटना सम्बन्धि थप अनुसन्धान कार्य सुरु गरेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ४ : ०३ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती