४ भदौ २०८३, बिहिबार | August 21, 2026

नेपाल ‘ए’ र क्यानडा-११ बिचको दोस्रो खेल आज



काठमाडौं । नेपालको ‘ए’ क्रिकेट टिम  र क्यानडा- ११ बीच हुने तीन खेलको सिरिजको दोस्रो खेल आज हुदै छ । यो खेल मुलपानी क्रिकेट मैदानमा बिहान ९: ३० बजेदेखि शुरु हुने छ ।

यस अघि सम्पन्न पहिलो खेलमा क्यानडा- ११ ले नेपाल ए लाई ४ विकेटले पराजित गरेको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक ए टिम बनाएर खेल शुरु गरेको पहिलो पटक हो ।

क्यानडाले पनि आफ्नो आगामी लिग-२ को तयारी स्वरूप नेपाल ए सँग खेलिरहेको छ । क्यानडाले यहि फेब्रुअरी २८ देखि युएईमा स्कटल्याण्ड र युएई सम्मिलित त्रिकोणीय सिरिजबाट आफ्नो लिग-२ को यात्रा शुरु गर्दै छ ।

नेपाल ए र क्यानडाले तेस्रो खेल २२ फेब्रुअरीमा खेल्ने तालिका रहेको छ । त्यसपछि क्यानडा युएई जाने छ । क्यानले क्यानडाविरुद्ध खेल्न विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टिम बनाएको छ ।

नेपाल ए टीममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन् ।

नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ८ : १० बजे

बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट फैसला भई सजाय

उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलद्वारा २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठ)

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि संयुक्त प्यानलले

जनता टेलिभिजनका अध्यक्ष पौडेल रिहा

काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल रिहा भएका छन्

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

नेपालगन्ज । बहुमूल्य जडीबुटी सङ्कलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका