१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

पोर्चुगलमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन हुँदै



लिस्बन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलले विश्व साहित्य सम्मेलन गर्ने भएको छ । समाजले विश्व नारी दिवसका अवसर पारेर पोर्चुगलको लिस्बनमा आगामी मार्च ८ देखि १० तारिखसम्म आठौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्ने भएको हो ।

हरेक वर्ष विभिन्न देशमा सम्मेलन गर्दै आएको समाजले यसपटक युरोपेली मुलुक पोर्चुगलमा सम्मेलन गर्न लागेको समाजद्वारा लिस्बनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । विश्वभर छरिएर रहेका नेपाली भाषा, साहित्य र संस्कृतिका अध्येता, लेखक र साहित्यकर्मीहरूको भेला रहने सम्मेलनको व्यापक तयारी भइरहेको अनेसास पोर्चुगलका महासचिव एनबी अन्जानले जानकारी दिए ।

सम्मेलनमा अनेसासका केन्द्रीय समिति, बोर्ड अफ ट्रष्टी, आजीवन सदस्य, साहित्यकार, भाषाविद्, कलाकर्मी, संस्कृतिविद्लगायत गरी विश्वभरका ५० भन्दा बढी च्याप्टरबाट एक सय बढी साहित्यकर्मीको सहभागिता रहने महासचिव अन्जानले बताए ।

सम्मेलनमा नेपाली साहित्यमा महिला सहभागिताबारे छलफल, अनेसासका बारेमा छलफल, डायस्पोरा साहित्यबारे विशेष छलफल र चर्चा गरिने उनले बताए । तीन दिनसम्म चल्ने सम्मेलनमा सम्मान तथा नवरत्न पुरस्कार वितरण, पुस्तक लोकार्पण, बहुभाषिक, सांस्कृतिक कार्यक्रम तथा बहुभाषिक काव्यगोष्ठीका साथै विभिन्न भाषा, कला, साहित्य र संस्कृतिमाथि कार्यपत्र प्रस्तुत र छलफल गरिने बताइएको छ ।

महासचिव अन्जानका अनुसार सम्मेलनको पहिलो दिन विश्व नारी दिवस विशेष कार्यक्रम हुनेछ भने दोस्रो दिन विशेष साहित्य सम्मेलन तथा बहुभाषिक काव्यगोष्ठी र तेस्रो दिन काव्यिक भ्रमणको कार्यक्रम तय गरिएको छ । सो अवसरमा अनेसासका केन्द्रीय सदस्य एवं पत्रकार यादव देवकोटाले ‘नेपाली साहित्य र अबको चुनौती’ विषयमा नेपाली भाषा, साहित्य र संस्कृतिका विज्ञसँग बहस गर्ने कार्यक्रमसमेत रहेको छ । समाजले सम्मेलनलाई भव्यरूपमा सम्पन्न गर्नका लागि विश्वभरका साहित्यकर्मी, कवि, लेखक, पत्रकार तथा सम्पूर्ण सङ्घसंस्थासँग सहयोगको अपिलसमेत गरेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ८ : २८ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले