२९ भदौ २०८३, सोमबार | September 14, 2026

तिनाउको सरस्वती स्कूलमा खेल सप्ताह सम्पन्न



तिनाउ । पाल्पाको तिनाउ-१ झिगामारामा अवस्थित सरस्वती आधारभूल विद्यालयमा खेल सप्ताह तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालयको ५४ औं वार्षिकोत्सवको अवसरमा विद्यार्थी तथा अभिभावहरु बीच विभिन्न प्रतियोगिता आयोजना गरिएको थियो ।

दिवसका अवसरमा गरिव तथा जेहन्दार विद्यार्थीलाई छात्रावृत्ति वितरण समेत गरिएको प्रधानाध्यापक सुरज कार्कीले जानकारी दिए । खेल सप्ताह अन्तरगत विद्यार्थी बीच बौद्धिक क्षमता परीक्षण, हाजिरी जबाफ, चम्चा दौड, तीत खुट्टे दौड, बेलुन नाच तथा एथलेटिक्सतर्फ दौड प्रतियोगिता, हाई जम्प, लङ जम्प लगायतका प्रतियोगिता गरिएको थियो । यसैगरी अभिभाबकहरु बीच घैटो फोड, कुर्सी दौड लगायतका प्रतियोगिता गरिएको थियो ।

कार्यक्रमको अवसरमा बोल्दै तिनाउ-१ का वडासदस्य यमबहादुर घर्तीले विद्यार्थीको सर्वाङ्गीण बिकासका लागि खेलकुद गतिविधीले टेवा पुग्ने बताए । यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्मर तरामु, समाजसेवी कृष्ण खड्का, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिमा घर्ती लगायतले बोल्दै बालबालिकाको बिकास र शैक्षित प्रगतीका लागि अतिरिक्त क्रियाकलापहरुलाई निरन्तरता दिन आग्रह गरे । विद्यालयकी शिक्षिका सिर्जना पोख्रेलको स्वागत तथा शिक्षक सम्मर खड्काको सञ्चालनमा भएको मूल समारोह कार्यक्रममा विद्यालयको वार्षिक शैक्षित प्रगती प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ९ : ३३ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ