६ पुस २०८२, आइतबार | December 21, 2025

अव भारत भ्रमण गर्दा नेपाली कागजातबाटै भारतीय सिमकार्ड निकाल्न सकिने



काठमाडौं । नेपालीहरुले भारत भ्रमणमा जाँदा सजिलै भारतीय सिमकार्ड पाउने भएका छन् । नेपाल सरकारले जारी गरेको नागरिकताको प्रमाणपत्र वा राहदानीको प्रतिलिपीका आधारमा नेपालीहरुले भारतीय सिमकार्ड पाउने भएका हुन् ।

भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले सामाजिक सन्जाल मार्फत् नेपाली कागजातबाट सिमकार्ड सहजरुपमा पाउन सकिने जानकारी गराएका छन् । उनका अनुसार अब नेपाली नागरिकहरुले आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचय पत्रको आधारमा भारतको सीमकार्ड लिन सक्ने छन् ।

‘यसअघि प्राविधिक कारणले नेपालीलाई भारतीय सीमकार्ड दिन अस्वीकार गरिएको थियो । जुका कारण भारत भ्रमणमा जाँदा कुनै भारतीय नागरिकको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नेपालीहरु बाध्य हुने गरेका थिए । हाम्रो अनुरोधपछि भारतको विदेश मन्त्रालय र सञ्चार मन्त्रालयले स्वीकार गरेको छ,’ डा. शर्माले सञ्जालमामा लेखेका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  १० : ५१ बजे

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा