२९ माघ २०८२, बिहिबार | February 12, 2026

अव भारत भ्रमण गर्दा नेपाली कागजातबाटै भारतीय सिमकार्ड निकाल्न सकिने



काठमाडौं । नेपालीहरुले भारत भ्रमणमा जाँदा सजिलै भारतीय सिमकार्ड पाउने भएका छन् । नेपाल सरकारले जारी गरेको नागरिकताको प्रमाणपत्र वा राहदानीको प्रतिलिपीका आधारमा नेपालीहरुले भारतीय सिमकार्ड पाउने भएका हुन् ।

भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले सामाजिक सन्जाल मार्फत् नेपाली कागजातबाट सिमकार्ड सहजरुपमा पाउन सकिने जानकारी गराएका छन् । उनका अनुसार अब नेपाली नागरिकहरुले आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचय पत्रको आधारमा भारतको सीमकार्ड लिन सक्ने छन् ।

‘यसअघि प्राविधिक कारणले नेपालीलाई भारतीय सीमकार्ड दिन अस्वीकार गरिएको थियो । जुका कारण भारत भ्रमणमा जाँदा कुनै भारतीय नागरिकको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नेपालीहरु बाध्य हुने गरेका थिए । हाम्रो अनुरोधपछि भारतको विदेश मन्त्रालय र सञ्चार मन्त्रालयले स्वीकार गरेको छ,’ डा. शर्माले सञ्जालमामा लेखेका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  १० : ५१ बजे

जनविद्रोहको १८ महिनापछि बंगलादेशमा आज निर्वाचन, कडा सुरक्षा व्यवस्था

ढाका । बंगलादेशमा बिहीबार बिहानदेखि देशभरि प्रतिनिधि सभा निर्वाचन र

टी-२० विश्वकप : दोस्रो खेलमा नेपाल आज इटालीसँग भिड्दै

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटअन्तर्गत दोस्रो खेलमा नेपालले

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार

काठमाडौं । निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र

निर्वाचन आउन २१ दिन बाँकी : यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नागरिक

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका