१९ माघ २०८२, सोमबार | February 2, 2026

भित्तेपत्रिकाबाट पत्रकारिताको अभ्यास



बझाङ । निर्मला बाग ‘सरस्वती’ बालभित्ते पत्रिकाको प्रकाशक हुन । उनले प्रकाशन गर्ने पत्रिकाका लागि आफूजस्तै साथीहरूलाई समेटेर सम्पादकीय टोली बनाएका छन । साथीहरूका समाचार, लेख, रचना सङ्कलन गरेर सम्पादकलाई जिम्मा दिन्छिन । निर्मला भने विज्ञापन तथा सूचनाको खोजीमा लाग्छीन ।

सरस्वतीको सम्पादकको नियुक्ति पाएका छन, जीवन बागले । जीवनले हरेक महिनाका लागि समाचार, विचार, साहित्य, लोकसेवा प्रश्नोत्तर तथा अन्य स्तम्भका सामग्री तयार पारेर महिनाको पहिलो साता पत्रिका प्रकाशन गर्छन । उनी सम्पादन मण्डलका अन्य सदस्यलाई पनि पत्रिकाका सामग्री तयार गर्न खटाउँछन ।

यो भित्तेपत्रिका बुङ्गल नगरपालिका-१० मा रहेको सीताराम माविमा नियमित प्रकाशन हुन्छ । सूर्यमुखी किशोरकिशोरी बाल क्लबले आर्थिक वर्ष २०७७/७८ देखि विद्यालयमा नियमित प्रकाशन गर्दै आएको छ । समुदाय तथा विद्यालयको जानकारीका लागि र समुदाय तथा विद्यालयमा भएका घटनाक्रमको जानकारी समेटेर प्रकाशन हुने गरेको सम्पादक जीवनले बताए ।

भित्तेपत्रिका प्रकाशनका लागि विद्यार्थीलाई दलित सहयोग समाज र युनाइटेड मिशन टु नेपाल बझाङको साझेदारीमा सञ्चालित समान व्यहार परियोजनाले सहयोग गर्दै आएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले भित्तेपत्रिका माध्यमबाट सहयोग गरेको सरस्वतीकी प्रकाशक बागले बताए ।

प्रकाशक बागका अनुसार साथीहरूका प्रतिभा प्रस्फुटन गराउने महत्वमूर्ण माध्यम बनेको छ पत्रिका । “कथा, कविता, चित्र, चुट्किला, सामान्यज्ञान, समाचारलगायत विषयलाई हामीले भित्तेपत्रिकामा प्रकाशन गर्दै आएका छौँ । पत्रिका नियमित प्रकाशनले लेख्ने कलामा पनि सुधार भएको महसुस भएको छ”, उनले भने । किशोरकिशोरी बाल क्लबमा रहेका विद्यार्थीले नै पत्रिकाका लागि प्रधानसम्पादक, सम्पादक, सहसम्पादक, व्यवस्थापक र समाचारदाताको भूमिका निर्वाह गर्दै आएको उनले बताए ।

विद्यालयका शिक्षक प्रेमबहादुर बागले सूर्यमुखी किशोर किशोरी क्लबमार्फत विद्यार्थीले पढाइका अतिरिक्त अन्य रचनात्मक क्रियाकलापमा सहभागी हुनु सकारात्मक भएको बताए । उनले भने, “बालभित्ते पत्रिकामा विद्यार्थीका लेख, रचना, समाचार, सम्पादकीयलगायत पठनीय सामग्री समेटिएको देख्छु । यसलेविद्यार्थीमा अतिरिक्त ज्ञानको विकासमा टेवा पु¥याउँछ ।”

बुङ्गल नगरपालिकाका तीन विद्यालयमा विभिन्न किशोरकिशोरी क्लबले चार वर्षदेखि भित्तेपत्रिका प्रकाशन गर्दै आएका छन् । समान व्यवहार परियोजनाले बुङ्गल नगरपालिका-९ को शारदा मावि सैनोडी, वडा नम्बर १० को सीताराम मावि डौड र वडा नम्बर ११ को शिव माविमा किशोरकिशोरी क्लब गठन गरेको परियोजना जिल्ला संयोजक भीम रसाइलीले बताए ।

उनका अनुसार परियोजनाले विद्यालयमा क्लब गठनसँगै पदाधिकारीलाई किशोरकिशोरीसम्बन्धी तालिम, भित्तेपत्रिका प्रकाशन तालिम, सीमान्तकृत बालबालिकालाई शैक्षिक सहयोग, समुदायमा महिला समूहलाई चेतनामूलक तालिम प्रदान गरिएको उनले बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ९ : ३४ बजे

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली

नेपालमा बोलिने सबै भाषा हाम्रा सम्पत्ति हुन्, कुनैलाई पनि मर्न दिनुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने भाषाहरू हाम्रा सम्पत्ति