२९ माघ २०८२, बिहिबार | February 12, 2026

महासमितिमा प्रदीप पौडेलको पुरक प्रस्ताव, ‘पार्टीका केन्द्रीय सदस्यले सम्पत्ति विवरण र त्यसको स्रोतको स्वघोषणा गर्नुपर्ने’



काठमाडौँ । नेपाली कांग्रेसको ललितपुरमा जारी महासमिति बैठकमा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले महासमितिले लिनुपर्ने थप संकल्पबारे छुट्टै प्रस्ताव प्रस्तुत गरेका छन्। नेताहरुले राखेको प्रस्तावहरुमाथि पुरक प्रस्तावकारुपमा पौडेलले महासमिति बैठकले लिनुपर्ने थप संकल्पबारे प्रस्ताव प्रस्तुत गरेका हुन्।

८ पृष्ठको २८ बुँदे पूरक प्रस्ताव बुधबार महासमिति सदस्यहरूलाई पौडेलले बाँडेका छन्। पुरक भनिएपनि यस अघि महामन्त्री गगन थापाले भन्दै आएका जनताले मतदान गर्ने निर्वाचनमा कांग्रेसले निर्वाचन पूर्व अन्य कुनै पनि पार्टीसँग गठबन्धन वा तालमेल नगर्न महासमितिले निर्देश गर्नुपर्ने उनको प्रस्तावमा उल्लेख छ ।

निर्वाचनका लागि उम्मेदवार छनोट र टिकट वितरणका लागि सबै तहका संसदीय समिति र बोर्ड तत्काल खारेज गरी उम्मेदवार छनोट गर्न प्राइमरी इलेक्सन गर्ने पौडेलको पुरक प्रस्ताव रहेको छ । केन्द्रीय सदस्य प्रदीप पौडेलले महासमितिमा पेस गरेको २८ बुँदे पूरक प्रस्तावमा भ्रष्टाचार, यौनजन्य हिंसा, सामाजिक विभेदलगायत फौजदारी मुद्दामा आरोपित वा छानविनमा भएको सदस्य पार्टीबाट स्वतः निलम्बित हुने व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।

नेता पौडेलले गैरकानूनी क्रियाकलापमा संलग्न र फौजदारी अभियोग प्रमाणित कुनै पनि सदस्यलाई कांग्रेसले चिन्दै नचिन्ने व्यवस्था विधानमै हुनुपर्ने प्रस्ताव राखेका छन् । उनले वडा अध्यक्षदेखि प्रधानमन्त्रीसम्म भएका वा कुनै पनि लाभको पदमा रहेका सद्यस्यको सार्वजनिक लेखा परीक्षण अनिवार्य गर्न समेत प्रस्ताव राखेका छन् ।

पौडेलले कांग्रेसलाई डिजिटल पार्टी बनाउनेदेखि सबै तहका संसदीय समिति र बोर्ड तत्काल खारजे गर्ने प्रस्ताव समेत राखेका छन् । उनले एक महिनाभित्र पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यले सम्पत्ति विवरण र त्यसको स्रोतको स्वघोषणा गर्ने प्रस्ताव समेत राखेका छन् । स्वघोषणा नगर्ने व्यक्ति स्वतः निलम्वित हुने उनको प्रस्ताव छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ११ : १५ बजे

जनविद्रोहको १८ महिनापछि बंगलादेशमा आज निर्वाचन, कडा सुरक्षा व्यवस्था

ढाका । बंगलादेशमा बिहीबार बिहानदेखि देशभरि प्रतिनिधि सभा निर्वाचन र

टी-२० विश्वकप : दोस्रो खेलमा नेपाल आज इटालीसँग भिड्दै

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटअन्तर्गत दोस्रो खेलमा नेपालले

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार

काठमाडौं । निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र

निर्वाचन आउन २१ दिन बाँकी : यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नागरिक

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका