४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेपाल ‘ए’ ले क्यानडा-११ लाई दियो १८२ रनको लक्ष्य



काठमाडौं । एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए ले क्यानडालाई जितका लागि एक सय ८२ रनको लक्ष्य दिएको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४७ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनायो । नेपालका लागि आशुतोष घिरैयाले सर्वाधिक २८ रनको योगदान दिए । उनले ४३ बलमा पाँच चौकाको सहायताले २८ रन बनाए ।

त्यसैगरी अर्जुन कुमालले २७ बनाउँदा बसिर अहमदले २५ तथा कप्तान सन्दीप जोराले २४ रन बनाए । सुजन थपलियाले २० तथा रासिद खान र प्रतिश जिसीले १९ रन बनाए ।

क्यानडाका लागि डिलोन हेलिगर, निकोलस किर्तन र हर्ष थाकरले समान दुई÷दुई विकेट लिए भने कप्तान साद बिन जफर र कलिम सानाले सामन एक/एक विकेट लिए ।

आजको विजेताले जारी शृङ्खलामाथि कब्जा जमाउनेछ । तीन खेलको उक्त प्रतियोगितामा हाल दुवै टोलीले एक÷एक खेल जितका छन् । नेपाल पहिलो खेलमा चार विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा दुई विकेटको जित हासिल गरेको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  १२ : ५४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको