९ पुस २०८२, बुधबार | December 24, 2025

अष्ट्रेलिया गएर अफ्टयारोमा परेका विद्यार्थीलाई फेलिक्स इस्टर्नले रोजगारीको सहजिकरण गरिदिने



बुटवल । फेलिक्स इस्टर्नले अध्ययनको लागि अष्ट्रेलिया गएर अफ्टयारोमा पर्ने विद्यार्थीहरूको आवश्यकता अनुसार रोजगारीको सहजिकरण गरिदिने बताएको छ । फेलिक्स इस्टर्न एजुकेशन कन्सलटेन्सी प्रालिले आफू मातहत र अन्य जुनसुकै कन्सलटेन्सीमार्फत अष्ट्रेलियामा पुगेका विद्यार्थीहरू आवश्यक ‘जब प्रोभाइड’ गर्ने बताएको हो ।

फेलिक्स इस्टर्न, बुटवल शाखाले बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सिइओ नेत्रजंग पाण्डेले त्यहाँ पुगेर समस्यामा पर्ने हरेक विद्यार्थीहरूका अफ्टयारालाई आफ्नो संस्थाले सहजीकरण गर्ने बताए । पछिल्लो समय अध्ययनका लागि युरोपियन देश पुग्ने नेपाली विद्यार्थीहरुले कामको समस्यादेखि विभिन्न झन्झटहरु बेर्होदै आएका छन् । ‘हामीले अहिले अष्टे«लिया, युएसए, युके र क्यानडा गरी चार देशमा काम गरिरहेका छौं’ सिइओ पाण्डे भन्छन, ‘तर, हामीले जब प्रोभाइड अष्ट्रेलियामा मात्र गरेका छौं । हामीले काम सन् २०१८ देखि सुरु गरे पनि सन् २०१९ बाट सेवा दिन थालेका हौं । गत वर्षदेखि हामीले ए टु जेट काम गर्दै आएका छौं ।’ इस्टर्नले विद्यार्थी कृषि फर्मदेखि उद्योगसम्म जब को अवसर दिनेछ ।

फेलिक्स इस्टर्न विद्यार्थीहरूलाई विदेशमा अध्ययन गर्ने सपना पूरा गर्न सन् २०१६ देखि अन्तर्राष्ट्रिय डिग्री हासिल गर्न मद्दत गर्दै आएको छ । अष्ट्रेलियामा विशेष रूपमा आवास र कामको ग्यारेन्टी, विद्यार्थीहरूलाई उनीहरूको सम्बन्धित स्ट्रिममा पाठ्यक्रम अध्ययन गर्न मद्दत, वित्तीय कागजातको लागि उचित दिशानिर्देश, अन्तर्वार्ताको लागि तयारी, भिसा सफल बनाउनको लागि उनीहरूलाई हरेक सम्भावित तरिकामा मार्गदर्शन समेत गर्दै आएको बुटवल शाखा प्रबन्धक रोशन भुसालले बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ५ : ३४ बजे

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज, महाधिवेशन तयारी र सदस्यता विवादमा छलफल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ

जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२ औँ जन्मजयन्ती

पाटन । विगतका वर्षमा जस्तो ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई

अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं । राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार

कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा

मुस्ताङ । नेपाल-चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड