३१ बैशाख २०८१, सोमबार | May 13, 2024

बुटवलमा ५५ हजार बढी बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप दिइँदै



बुटवल । देशभार आजबाट सुरु भएको दादुरा रुबेलाविरुद्धको खोप अभियान अन्तर्गत बुटवलमा पनि दादुरा रुबेलाविरुद्धको खोप अभियान शुरु भएको छ। आइतबार बुटवल ११ को प्रगति माविमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले स्वास्थ्यकर्मीलाई खोपको बाकस हस्तान्तरण गरेसँगै बुटवलमा खोप अभियान शुरु भएको हो ।

सो असरमा बोल्दै उनले यो अभियानमा ९ महिनादेखि १५ वर्षभित्रका कोहीपनि बालबालिकाहरु खोप लगाउनबाट बञ्चित हुन नहुने बताए। उनले बुटवलभित्रका बालबालिकालाई खोप लगाउनबाट नछुट्ने गरी अभियान सञ्चालन गर्न र व्यापक प्रचार प्रसार गर्नका लागि आग्रह गरे। उनले कतिपय ठाउँमा दादुराको महामारी देखिएको बताउँदै खोप लगाउनबाट एकजना बालबालिका पनि छुट्न नहुनेमा जोड दिए। उपप्रमुख सावित्रादेवी अर्यालले खोप लगाउनका लागि विद्यार्थी, अभिभावक र शिक्षकहरुले विशेष चासो दिएर खोपकेन्द्रसम्म ल्याउनका लागि आग्रह गरिन्।

बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेका अनुसार बुटवलका करीब ५५ हजार बालबालिकालाई खोप लगाइनेछ। जसका लागि बुटवलका १९ वटा वडाका १ सय ६७ वटा खोप केन्द्र तोकिएका छन् भने ५० जना स्वास्थ्यकर्मी परिचालन भएका छन्।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ६ : १० बजे

डिके तामाङ मेमोरिएल सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि सोल्टी युनाइटेडलाई

बुटवल । तिलोत्तमाको सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कूलमा भएको ‘डिके तामाङ

अर्थसहित चार संसदीय समितिको बैठक बस्दैँ

काठमाडौं । संघीय संसद अन्तर्गत आज चारवटा समितिको बैठक बस्दै

कांग्रेसको संसदीय दलको बैठक आज बस्दैँ

काठमाडौं । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदैँ

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको

चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर

चितवन । चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण