३० बैशाख २०८१, आइतबार | May 12, 2024

आजदेखि देशब्यापी रूपमा दादुरा-रुबेलाविरुद्धको खोप लगाइदैँ



काठमाडौं । आजदेखि दादुरा-रुबेलाविरुद्धको खोप देशब्यापी रूपमा लगाइदैँछ । जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको हो ।

सो अभियानअन्तर्गत काठमाडौं जिल्लामा मात्रै पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइनेछ । जसअनुसार काठमाडौंमा १ हजार ६ सय ७० खोप केन्द्र तोकिएको छ ।

विद्यालय र वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाउने जनाएको स्वास्थ्य मन्त्रालय बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछन भने ९ महिनादेखि पाँच वर्षसम्मका बालबालिका सो खोप अभियान सहभागी हुदैँछन ।

काठमाडौंका १० स्थानिय तहमा फागुन १३ गतेदेखि नै खोप अभियान सञ्चालन हुने भए पनि काठमाडौं महानगरपालिका क्षेत्रमा भने फागुन १६ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुने जनाइएको छ ।

काठमाडौं दादुरा-रुबेलाको अतिसङ्क्रमित जिल्ला हो । गत वर्ष काठमाडौं जिल्लामा दादुरा-रुबेला फैलिँदा दुई सय २५ जना सङ्क्रमित र एकजनाको मृत्यु भएको थियो । गत वर्ष १९ जिल्लामा यो महामारीका रूपमा फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ८ : ०३ बजे

प्रभु बैंकका ग्राहकले चिरायु नेशनल हस्पिटलमा पाउने भए विशेष छुट

काठमाडौ । चिरायु नेशनल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट

मङ्गलबारसम्म संसद्को गतिरोध अन्त्य हुन्छ : प्रधानमन्त्री प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनमा नै

मधेश सरकारबाट एमाले पनि बाहिरियो

धनुषा । नेकपा एमाले पनि मधेस सरकारबाट बाहिरिएको छ। एमालेबाट

छ दशकदेखि एउटै कुर्चीमा बसेर ज्ञान बाँड्दै लालचन्द्र

बागलुङ । तपाईँलाई आज हामी कम्तिमा ६० वर्ष पुरानो किताब

राष्ट्र बैंक रिपोर्ट : महंगी घट्यो

काठमाडौं । चैत्र महिनामा महंगी घटेको छ । नेपाल राष्ट्र