६ पुस २०८२, आइतबार | December 21, 2025

तराई–मधेस जागरण अभियान अभियानको तयारीमा माओवादी



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले तराई–मधेसका क्षेत्रमा पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले तराई–मधेस (हुलाकी राजमार्ग) जागरण अभियानको तयारीका सम्बन्धमा छलफल गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकमा आगामी चैत १ देखि १५ गतेसम्म सञ्चालन हुने दोस्रो चरणको अभियानका बारेमा छलफल भएको सचिव गणेश साहले जानकारी दिए ।

उक्त अभियानको ‘रुट’का सम्बन्धमा पनि बैठकमा सामान्य छलफल भएको उनले बताए । अभियान झापाको चन्द्रगढीबाट सुरु भएर वीरगन्ज, ठोरी, माडी चितवन हुँदै पश्चिम नेपालसम्म पुग्नेछ । हुलाकी राजमार्गलाई आधार मानेर अभियान सञ्चालन गर्ने माओवादीको तयारी छ ।

गत भदौदेखि पुससम्म देशभर चलेको ‘जनतासँग माओवादी रुपान्तरण विशेष अभियान’ सफल भएको निष्कर्ष निकालेको माओवादीले तराई–मधेस लक्षित जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । आजको बैठकमा अघिल्लो रुपान्तरण अभियानको समीक्षासमेत भएको सचिव साहले जानकारी दिए ।

बैठकले अभियानको मूल्याङ्क गर्दै सहयोग गर्नेलाई पुरस्कार र असहयोग गर्नेलाई दण्डको व्यवस्था गर्ने निर्णयसमेत गरेको छ । बैठकमा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका इन्चार्जले अभियानका बारेमा ‘रिपोर्टिङ’ गरेका थिए ।

स्थायी समिति बैठक भोलि अपराह्न १ बजे पुनः बस्ने भएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ८ : १६ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको