२९ माघ २०८२, बिहिबार | February 12, 2026

वर्षा रोकिएसँगै हवाई उडान सामान्य



काठमाडौं । प्रतिकूल मौसमका कारण प्रभावित भएको मुलुकको हवाई उडान अहिले सामान्य रुपमा सञ्चालन भइरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार वर्षा रोकिएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सञ्चालन भएको हो । आज अपराह्न काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा हुनुका साथै देशभर आंशिकदेखि सामान्य बदली रहेकाले हवाई उडान केही समय प्रभावित भएको थियो ।

प्रतिकूल मौसमका कारण आन्तरिकतर्फ चार र अन्तर्राष्ट्रियतर्फ एक जहाज ‘डाइभर्ट’ भएका प्रवक्ता झाले बताए । उनका अनुसार भारतको मुम्बइबाट काठमाडौँ आएको इण्डिगो एयरलाइन्सको जहाज काठमाडौँ अवतरण गर्न नसकेपछि भारतको लखनऊ डाइभर्ट गरिएको थियो ।

आन्तरिकमा ‘इन्स्ट्रयुमेन्टल फ्लाइट रुल्स’ (आइएफआर) बाट मात्र उडान भएको थियो । अहिले दुवै उडान सामान्य रुपमा सञ्चालन भइरहेका प्रवक्ता झाले जानकारी दिए ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौँसहित देशका विभिन्न स्थानमा हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विशेषगरी बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा वर्षा भएको छ । काठमाडौँमा साँझ करिब डेढ घण्टा हल्का वर्षा भएको थियो ।

महाशाखाको पछिल्लो विवरण अनुसार काठमाडौँमा तीन दशमलव छ मिलिमिटर वर्षा भएको छ । पोखरामा सात दशमलव पाँच, घोराहीमा पाँच दशमलव आठ, दिपायल र डडेलधुरामा समान तीन मिलिमिटर वर्षा मापन गरिएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ९ : ३९ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी