६ पुस २०८२, आइतबार | December 21, 2025

सनातन हिन्दू राष्ट्र हुनुपर्ने प्रस्ताव पास नभएको भन्दै पूर्वमन्त्री गजेन्द्र हमालले दिए महासमिति सदस्यबाट राजिनामा



नेपालगन्ज । महासमितिको बैठकले हिन्दु राज्यको प्रस्तावलाई बेवास्ता गरेको भन्दै पुर्वमन्त्री एवं महासमिति सदस्य गजेन्द्र हमालले नेपाली काँग्रेसको महासमिति सदस्य पदबाट राजिनामा दिएका छन् । हिन्दु राज्यको प्रस्तावलाई बेवास्ता गरिएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राजिनामा दिएको घोषणा गरेका हुन् ।

ललितपुरको गोदावरीमा बिहीबार सम्पन्न भएको नेपाली काँग्रेसको महासमिति बैठकमा सनातन हिन्दू राष्ट्र हुनुपर्ने माग राख्दै ५० प्रतिशत भन्दा बढी सदस्यले हस्ताक्षर बुझाएपनि महासमिति बैठकमा त्यस विषयमा छलफल नगरिएको उनको गुनासो छ । उनले हस्ताक्षेर बुझाउने ५० प्रतिशत बढी महासमिति सदस्यहरुको उपेक्षा गरिउको पनि उल्लेख गरेका छन् । काँग्रेस बाँकेका पुर्वसभापति समेत रहेका हमालले हस्ताक्षर संकलन अभियानमा सक्रिय भूमिका निभाएका थिए । उनले हस्ताक्षर संकलन गरेर बुझाएपनि पार्टीले कुनै निर्णय नगरेको भन्दै राजिनामा दिनु परेको बताएका छन् ।

‘५० प्रतिशत भन्दा बढी सदस्यले हस्ताक्षर गरि बुझाएको पत्र दर्ता भएपनि कार्यान्वयन नगरिएको उल्लेख गरेका छन् । हमालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिन्दु राष्ट्र हुनुपर्ने माग राख्ने सबै साथीहरुको उपेक्षा गरिएको हुँदा र हिन्दू राष्ट्रको एजेण्डालाई सफल बनाउन नसकेको हुँदा नैतिकताले पनि महासमितिको सदस्य पदमा बसिरहनु उचित नभएको हुँदा राजिनामा दिने घोषणा गर्दछु ।’

देउवा नेतृत्वको सरकारको कार्यकालमा संघीय मन्त्री नियुक्त भएका हमाल नियुक्त भएलगत्तै स्वार्थ बाझिएको भन्दै चौतर्फी बिरोध भएपछि मन्त्रीपदबाट २ दिनमा नै राजिनामा दिएका थिए । बिबादीत प्रधानन्यायाधीश चोलेन्द्र सम्सेरको सिफारिसमा मन्त्री नियुक्त गरिएको भन्दै हमालको चौतर्फी आलोचना भएको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  १० : ३१ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको