२९ भदौ २०८३, सोमबार | September 14, 2026

ठेकेदारले सडक अलपत्र पारेपछि ठेकेदारले रोप्नुपर्ने विरुवा स्थानीयले रोपे



खजुरा । सडक किनारमा फुटपाथ, सडकको बिचभागमा हरियाली र दुबै तर्फ नाला सहित सडक निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनीले ६ वर्षदेखि सडक अधुरो छाडेर खण्डहर बनाएपछि बाँके खजुराका स्थानीयले आफै डिभाइडरमा बिरुवा लगाएका छन् । २०७४ सालमा खजुराको १ हजार ८ सय मिटर बनाउने ठेक्का लिएको इलामको गजुरमुखी निर्माण सेवा प्रालिले सडक अचकल्टो पारेर खण्डहर बनाएपछि स्थानीयले आफै डिभाइडरमा बिरुवा रोपेका हुन् ।

सडकको दुबै किनारमा नाला(ड्रेन), ४ लेन सडक कालोपत्रे र बिचभागमा हरियाली सहितको ठेक्का लिएको गजरमुखीले गुणस्तरहिन सडक बनाउनुका साथै ठेक्का सम्झौता अनुसार बिचभागमा माटो समेत नहाली डम्पिङ साइड बनाइदिएको छ । माटो पटान समेत नगरिएपछि डिभाइडरमा वर्षामा पानी जम्ने र हिउँदमा फोहर थुप्रने गरेको स्थानीय दयाराम दवाडीले बताए । सडकको बिच भागमा पानी जमेपछि खजुरामा १२ महिना नै लामखुट्टैको प्रकोप रहेको उनले बताए ।

सडक सुन्दर भन्दा पनि खण्डहर जस्तो देखिएपछि स्थानीय रामु ढकालले आफ्नो बारीमा रोपेको फुलको विरुवा ल्याएर सडकको बिच भागमा रोपेका हुन् । ठेक्का अनुसारको काम नगरि ठेकेदारले जनतालाई ठग्ने काम मात्र गरेको अर्का स्थानीय रोसन सापकोटाले बताए । ‘समयमा काम नगर्ने, सम्झौता अनुसार काम पनि नगर्ने, तर कारवाही गर्दा अदालतमा मुद्दा हल्न जाने ?’ सापकोटाले भने, ‘यस्तै ठेकेदारले देश बिगारेका छन् ।’

नेपालगन्ज(गुलरिया खण्डको अन्यत्र धमाधम काम भइरहेपनि त्यसै सडक खण्डको खजुरा बजार क्षेत्रको १८सय मिटर सडकको भने कन्तबिजोग भएको छ । बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चारलेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको थियो । उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । ठेकेदारको चरम लापरवाहीका विरुद्ध स्थानीयले पटक पटक आन्दोलन गर्दै आएका छन् । स्थानीयले सम्झौता ताडेर कालो सूचीमा राख्न माग हुँदै आएपनि ठेकेदार कम्पनीले सडकको विरुद्ध सर्वोच्चमा मुद्दा दर्ता गराएर खजुरा सडक खण्डको अवस्था थप कन्त विजोग बनाउने योजना बनाएको खजुराका स्थानीय अगुवा दीपक ढकालले बताए ।

स्थानीयले अघिल्लो सातामात्र हुलाकी सडकको अनुगमनमा आएका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालालाई सडकका बिषयमा ज्ञापन पत्र बुझाएका थिए । हाल खजुराको १ हजार ८ सय मिटर छाडेर दाँया र बाँया हुलाकी सडक तिब्रगतिमा निर्माण भइरहेको छ ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ११ : ३६ बजे

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने

काठमाडौं । भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध