३१ भदौ २०८३, बुधबार | September 17, 2026

महासचिव पाण्डेयको नागरिकता र राहदानीको विषय संसदमा प्रवेश



काठमाडौं। संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता र राहदानी विषय संसदमा प्रवेश गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सरकार नेतृत्वकर्ता दल माओवादी केन्द्रका सांसद माधव सापकोटाले महासचिव पाण्डेयको नागरिकता र राहदानीको विषयमा प्रश्न उब्जाएका छन् ।

शुक्रबार बैठक सुरु भएलगत्तै सत्ता र प्रतिपक्षी दलका सांसदबीच आरोपप्रत्यारोपसहित प्रतिशोधमा उत्रिएका थिए । प्रतिपक्षी दलका सांसदहरुले सरकार र मन्त्री तथा सत्तारुढ दलप्रति आक्रोशसहित अभिव्यक्ति दिएका थिए ।

प्रतिपक्षी दलका सांसदको आक्रोश र आरोपयुक्त अभिव्यक्तिको प्रतिवाद गर्ने क्रममा सांसद सापकोटाले महासचिव पाण्डेयको नागरिकता र राहदानीको विषय उठाएका हुन् ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको सल्लाहअनुसार सभामुख देवराज घिमिरेले संसदको महासचिवमा पाण्डेयलाई नियुक्त गरेका थिए । तिमिल्सिना र घिमिरे एमालेबाट सभाध्यक्ष र सभामुखमा चयन भएका थिए ।

एमालेका प्रमुख सचेतक पदम गिरी र सांसद योगेश भट्टराईसहित प्रतिपक्षी दलका सांसदको सरकार र मन्त्री तथा सत्तारुढ दलप्रति आरोपयुक्त अभिव्यक्ति आएपछि माओवादी केन्द्रका सांसद सापकोटाले संघीय संसद् सचिवालयका महासचिव पाण्डेयको तीनवटा नागरिकताको विषय उठाएका हुन् ।

‘म भन्न चाहन्छु, प्रतिपक्षका साथीहरूलाई संसद्का महासचिवको तीन नागरिकता र दुई वटा राहदानीको कुरा तपाईंहरूले उठाएको कुरामा थप्नुहोस् न । संसद्मा हाम्रो महासचिवको तीनवटा नागरिकता छ, दुई वटा पार्सपोर्ट छ ।, तपाईंहरूले त्यो थप्नुहुन्न,’ सांसद सापकोटाले बैठकमा भने । महासचिव पाण्डेयको नागरिकता र राहदानीबारे सञ्चार माध्यममा समाचार आइरहेका बेला शुक्रबार संसदमा समेत प्रवेश भएको हो ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ३ : २० बजे

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै