६ पुस २०८२, आइतबार | December 21, 2025

महासचिव पाण्डेयको नागरिकता र राहदानीको विषय संसदमा प्रवेश



काठमाडौं। संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता र राहदानी विषय संसदमा प्रवेश गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सरकार नेतृत्वकर्ता दल माओवादी केन्द्रका सांसद माधव सापकोटाले महासचिव पाण्डेयको नागरिकता र राहदानीको विषयमा प्रश्न उब्जाएका छन् ।

शुक्रबार बैठक सुरु भएलगत्तै सत्ता र प्रतिपक्षी दलका सांसदबीच आरोपप्रत्यारोपसहित प्रतिशोधमा उत्रिएका थिए । प्रतिपक्षी दलका सांसदहरुले सरकार र मन्त्री तथा सत्तारुढ दलप्रति आक्रोशसहित अभिव्यक्ति दिएका थिए ।

प्रतिपक्षी दलका सांसदको आक्रोश र आरोपयुक्त अभिव्यक्तिको प्रतिवाद गर्ने क्रममा सांसद सापकोटाले महासचिव पाण्डेयको नागरिकता र राहदानीको विषय उठाएका हुन् ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको सल्लाहअनुसार सभामुख देवराज घिमिरेले संसदको महासचिवमा पाण्डेयलाई नियुक्त गरेका थिए । तिमिल्सिना र घिमिरे एमालेबाट सभाध्यक्ष र सभामुखमा चयन भएका थिए ।

एमालेका प्रमुख सचेतक पदम गिरी र सांसद योगेश भट्टराईसहित प्रतिपक्षी दलका सांसदको सरकार र मन्त्री तथा सत्तारुढ दलप्रति आरोपयुक्त अभिव्यक्ति आएपछि माओवादी केन्द्रका सांसद सापकोटाले संघीय संसद् सचिवालयका महासचिव पाण्डेयको तीनवटा नागरिकताको विषय उठाएका हुन् ।

‘म भन्न चाहन्छु, प्रतिपक्षका साथीहरूलाई संसद्का महासचिवको तीन नागरिकता र दुई वटा राहदानीको कुरा तपाईंहरूले उठाएको कुरामा थप्नुहोस् न । संसद्मा हाम्रो महासचिवको तीनवटा नागरिकता छ, दुई वटा पार्सपोर्ट छ ।, तपाईंहरूले त्यो थप्नुहुन्न,’ सांसद सापकोटाले बैठकमा भने । महासचिव पाण्डेयको नागरिकता र राहदानीबारे सञ्चार माध्यममा समाचार आइरहेका बेला शुक्रबार संसदमा समेत प्रवेश भएको हो ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ३ : २० बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको