५ भदौ २०८३, शुक्रबार | August 21, 2026

परोपकार प्रसूति अस्पतालबाट नवजात शिशु गायव



काठमाडौं । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट नवजात शिशु (बालिका) हराएको छ ।

काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भई हाल काठमाडौँको कपन बस्दै आएकी २२ वर्र्षीया सविना श्रेष्ठले आफ्नो शिशु चोरी भएको भन्दै मौखीक सूचना दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “सविना श्रेष्ठले आफ्नो बच्चा चोरी भएको भन्दै मौखिकरुपमा प्रहरीकहाँ खबर गर्नुभएको छ, यस विषयमा अनुसन्धान भइरहेको छ ।” नवजात शिशु चोरी भएको भन्ने खबर आएपछि खोजीकार्यका लागि प्रहरी टोली खटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार, प्रारम्भिक जाँचमा एक जना महिलाले केहिवेर खेलाउने भनेर बोकेर शिशुलाई लिएर गायब भएको पाइएको छ । प्रहरीले सीसी टीभीको फुटेज हेरेर अनुसन्धान थालेको जनाएको छ ।

‘फुटेजमा एक जना महिला बच्चालाई बोकेर हिँडिरहेको देखिएको छ’, एक अधिकृतले भने । घटना शुक्रबार दिउँसो साढे १२ बजेतिरको हो ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ८ : ४८ बजे

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

गोरखा । एघार महिनामा फलेको गहुँ भित्र्त्याउन चुमभ्यालीका किसानलाई यतिबेला

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौं । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको

वर्षाले विभिन्न सडक अवरुद्ध

काठमाडौं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको