१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

परोपकार प्रसूति अस्पतालबाट नवजात शिशु गायव



काठमाडौं । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट नवजात शिशु (बालिका) हराएको छ ।

काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भई हाल काठमाडौँको कपन बस्दै आएकी २२ वर्र्षीया सविना श्रेष्ठले आफ्नो शिशु चोरी भएको भन्दै मौखीक सूचना दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “सविना श्रेष्ठले आफ्नो बच्चा चोरी भएको भन्दै मौखिकरुपमा प्रहरीकहाँ खबर गर्नुभएको छ, यस विषयमा अनुसन्धान भइरहेको छ ।” नवजात शिशु चोरी भएको भन्ने खबर आएपछि खोजीकार्यका लागि प्रहरी टोली खटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार, प्रारम्भिक जाँचमा एक जना महिलाले केहिवेर खेलाउने भनेर बोकेर शिशुलाई लिएर गायब भएको पाइएको छ । प्रहरीले सीसी टीभीको फुटेज हेरेर अनुसन्धान थालेको जनाएको छ ।

‘फुटेजमा एक जना महिला बच्चालाई बोकेर हिँडिरहेको देखिएको छ’, एक अधिकृतले भने । घटना शुक्रबार दिउँसो साढे १२ बजेतिरको हो ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ८ : ४८ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले