२९ भदौ २०८३, सोमबार | September 14, 2026

भन्सार नाकामा प्रशासनिक कडाईको माग गर्दै नेपालगन्ज उद्योग बाणिज्यसंघले बुझायो गृहमन्त्रीलाई ज्ञापनपत्र(पत्रसहित)



नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई व्यवसायीक समस्याहरुको समबन्धमा ध्यानाकर्षण सहित १४ बुँदे ज्ञापन पत्र बुझाएको छ । सुरक्षा बैठकमा भाग लिन नेपालगन्ज पुगेका उपप्रधान एवं गृहमन्त्री श्रेष्ठलाई संघका अध्यक्ष टंकबहादुर धामी, महासचिव भीमबहादुर रानाभाटले ज्ञापन बुझाएका हुन् ।

सुरक्षा बैठक सकिएपछि आयोजित नागरिक समाज र पत्रकारहरुसँगको अन्तरक्रियाका क्रममा संघको तर्फबाट श्रेठलाई ज्ञापन पत्र बुझाइएको हो । अन्तरक्रियाका क्रममा आफ्नो धारणा राख्दै संघका अध्यक्ष धामीले भारतमा किनमेल गर्न जानेलाई कडाई गर्न आग्रह गरे । उनले भारतीय बजारमा किनमेल गरेर आउनेलाई कडाई नहुँदा राजश्व चुहावट भइरहेको बताउँदै संघले सय रुपैया भन्दा माथिको सामान ल्याउदा भन्सारको दायरामा ल्याउन आग्रह गरे । उनले नाकामा स्क्यानर र फेस रिडर राख्न अनुरोध समेत गरे ।

संघले बुझाएको ज्ञापनपत्रमा नेपालबाट भारतमा किनमेल गर्न जानेको परिचय खुल्ने कागजात हेर्न अनुरोध गरिएको छ । संघले विशेष गरेर सरकारी गाडीमा किनमेल गर्न जानेलाई कडाईका साथ कारबाही गर्न माग गरेको छ । नेपालगन्ज आउने हरेक पहाडी जिल्लाका जनप्रतिनिधिहरु भारतीय बजारमा किनमेल गरेर फर्कने गरेको बताउँदै सेतो प्लेटका गाडीमा चढेर भारतीय बजारमा किनमेल गर्न जाने प्रबृत्तिलाई निरुत्साहित गर्न प्रशासनको सक्रियता आवश्यक रहेको संघको माग छ ।

ज्ञापन पत्र बुझेपछि गृहमन्त्री श्रेष्ठले राजश्व चुहावट रोक्ने सवालमा गुणात्मक सुधार आएको पुष्टि गर्न सम्बन्धित निकायका अधिकारीलाई आग्रह गरिएको जानकारी दिएका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ९ : ३३ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ