४ चैत्र २०८२, बुधबार | March 19, 2026

विदाका दिन चलाइएका सरकारी नम्बर प्लेटका सवारी साधन बिद्यार्थीको कब्जामा



नेपालगन्ज । बिदाको दिन संचालन हुने सरकारी सवारी साधन नियन्त्रण गर्न सरकारी निकायले उदाशिनता देखाएपछि बाँकेमा एमाले निकट अनेरास्ववियुले हस्तक्षेप गरेको छ । बिना प्रयोजन सार्वजनिक विदाका दिन चलाउने सरकारी सवारी साधन नियन्त्रण गर्न प्रशासनले बेवास्ता गरेको भन्दै अनेरास्ववियु बाँकेले आज सडकबाटै सरकारी नम्बर प्लेटका सवारी साधन कब्जामा लिई त्यसको साँचो ट्राफिक प्रहरीलाई बुझाएको छ ।

अनेरास्ववियु बाँकेको नेतृत्वमा सडकमा खटिएका विद्यार्थीहरुले शनिवारको दिन सडकमा सञ्चालित सरकारी नम्बर प्लेटका गाडी नियन्त्रमा लिँदै चाबी खोसेर ट्राफिक प्रहरीलाई बुझाएका छन् । उनीहरुले बिना प्रयोजन अबका दिनहरुमा सरकारी गाडी सडकमा लिएर नआउन चालकहरुलाई चेतावनी समेत दिएका छन् ।

अनेरास्ववियु बाँकेका अध्यक्ष प्रकाश विकका अनुसार आज (शनिबार) मात्र नेपालगन्ज्का बिभिन्न स्थानबाट १० वटा सरकारी नम्बर प्लेट भएका मोटरसाइकल र २ वटा गाडी नियन्त्रणमा लिँदै त्यसको साँचो ट्राफिक प्रहरीलाई बुझाइएको बताए ।

अनेरास्ववियुका केन्द्रीय सदस्य एवं बाँके इञ्चार्ज सुमन घिमिरेको नेतृत्वमा खटिएको टोलीले सार्वजनिक विदाका दिन चलाइएको सवारी साधन नियन्त्रणमा लिइएको हो । सरकारी नम्बर प्लेटका सवारी साधनमाथिको निगरानीलाई निरन्तरता दिईने अनेरास्वबियुले जनाएको छ ।

अनेरास्ववियुका प्रदेश सदस्य विकल भट्टराई, जिल्ला उपाध्यक्ष अमृत खत्री, जिल्ला सचिव विनय यादव लगायत अनेरास्ववियुका नेता कार्यकर्ताहरुले नेपालगन्ज्का सडकमा शनिवारका दिन चलेका गाडी रोक्दै साँचो कब्जामा लिएर ट्राफिक प्रहरीलाई बुझाएका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ३ : ५९ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन