२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

वाफको सेमिफाइनलमा समीकरण पुरा, नेपालको प्रतिद्वन्द्वी लेबनान



काठमाडौं । साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पुरा भएको छ । गएराती समूह ‘बि’ का अन्तिम खेल सकिएसँगै सेमिफाइनलको समीकरण टुंगो लागेको हो ।

गएराती नेपालले समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको थियो ।

नेपालको जितमा सावित्रा भण्डारीले २ गोल गरेकी थिइन् । योसँगै सावित्राको नेपालका लागि अन्तराष्ट्रिय गोल संख्या ५२ पुगेको छ । त्यसैगरी नेपालका लागिओ रेखा पौडेल र गीता रानाले एक एक गोल गरेका थिए ।

यो जितपछि नेपाल समुह चरणमा तिनै खेलमा विजयी हुँदै समूह विजेता बनेर सेमिफाइनलमा पुगेको छ । त्यस्तै हारका बाबजुत प्यालेस्टाइन पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

अब नेपालले सेमिफाइनलमा लेबनानको सामना गर्ने छ। लेबनानले समूह ए मा ३ मध्ये २ खेल जितेको थियो । यो खेल मंगलबार राती नेपाली समय अनुसार १०: ४५ बजेदेखि शुरु हुने छ ।

त्यस्तै अर्को सेमिफाइनल खेल जोर्डन र प्यालेस्टाइनबीच हुने छ। यो खेल मंगलबार नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुने छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १० : ०५ बजे

भैरहवामा ‘सिद्धार्थ फुड एन्ड फन’ हुँदै

भैरहवा । भैरहवामा आगामी जेठ ९ र १० गते ‘सिद्धार्थ

‘एसइई’मा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार

नवलपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चार ‘जिपिए’ ल्याएर उत्तीर्ण

भोलीदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै

काठमाडौं । प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६

कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्वकार्यवाहक सभापति खड्का

कर्णाली । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस

“ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्छ “

काठमाडौं । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय