१ आश्विन २०८३, बिहिबार | September 18, 2026

सांसदले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिएको भन्दै एमालेद्वारा संसद अवरुद्ध



काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ नदिएपछि आपत्ति जनाएको छ ।

सोमबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेका सांसद गोकुल बाँस्कोटाले प्रतिपक्षी दलका सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई दुई दिनको समय दिँदा पनि नजरअन्दाज गरिएको आरोप लगाए ।

सभामुखबाटै रुलिङ भइसक्दा पनि प्रधानमन्त्री प्रचण्डले जवाफ नदिएको भन्दै उनले यसरी बैठक अघि बढ्न नसक्ने बताए ।

बालकुमारीसहित विभिन्न घटना तथा मिटरब्याजीको समस्या समाधानका विषयमा सरकारको जवाफ माग्दै एमालेसहित प्रतिपक्षी दलले सरकारको जवाफ मागेको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपाका सभापति रवि लामिछानेले पनि मिटरव्याज पीडित र दुग्ध किसानको समस्या समाधान लगायतका विषयमा सरकारको स्पष्ट जवाफ आउनुपर्ने माग राखे ।

एमालेका सांसदहरुले आफ्नो स्थानबाट उठेर सरकारले संसदलाई अपमान गरेको आरोप लगाउँदै संसद चल्न नसक्ने बताएका छन् ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ११ : ३५ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा