२३ असार २०८३, मंगलबार | July 8, 2026

देवदहका नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी



देवदह । झण्डै २ घण्टाको घम्साघम्सीपछि अन्ततः देवदह नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी भएको छ । कांग्रेस र राप्रपाका जनप्रतिनिधिहरुले नगर प्रमुख ध्रुव प्रसाद खरेल र प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाको कार्यकक्षमा तालाबन्दी गरिदिएका छन् ।

आज कार्यालय खुल्ने समयपारेर तालाबन्दी गर्न पुगेका कांग्रेस र राप्रपाका जनप्रतिनिधि सहितको कार्यकर्तासँग सुरक्षाकर्मीको निकैबेर घम्साघम्सी चलेको थियो । नगर प्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाउने प्रयास गर्दा सुरक्षाकर्मीले छेक्ने प्रयास पछि दुबैपक्षबीच झडपको अवस्था आएको थियो ।

नगरपालिका पुगेका कार्यकर्ताहरुले पौष १७ गतेको कार्यपालिका बैठकमा प्रस्तावित विषयहरुमाथि सहमति नजुटेपछि १२ वडाका वडाध्यक्ष मध्ये ७ वटा वडाका वडाध्यक्षहरु र १ जना कार्यपालिका सदस्य सहित ५ जन कार्यपालिका सदस्यले कार्यपालिका बैठकमा नट अफ डिसेन्ट लेखेको तर बहुमतीय दम्भ देखाएर असहमति दर्ज नगरिएको बताएका छन् ।

देवदहमा पौष १७ यता कांग्रेस र राप्रपाका जनप्रतिनिधिहरुले एक पक्षीय निर्णयमा सहभागी नहुने र नगरप्रमुख ध्रुब खरेल, उपप्रमुख बिद्या लक्ष्मी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा सहभागी हुने नगरपालिकाका कार्यक्रमहरु बहिष्कार तथा कार्यपालिका बैठक बहिष्कार गर्ने दबावमूलक अभियानमा गरिरहेको पनि जनाएका छन् ।

तालाबन्दी गर्न पुगेका जनप्रतिनिधिहरुले प्रकाशन गरेको विज्ञप्तिमा नगर प्रमुख, उपप्रमुख सम्बोधित कोष तोक आदेशका भरमा योजना सम्झौता गरि भक्तानी समेत गरीएको आरोप लगाइएको छ । विज्ञप्तिमा नगर प्रमख कोष देखि आफनो कुल मन्दिरमा रकम विनियोजन गरी वडा न.९ को कार्यालयको सिफारिस बिना रकम निकाशा गरीएको, वडा नं ८ मा नदिजन्य पदार्थ चोरी तस्करी गरिएको अवस्थामा जिल्ला प्रशासन कार्यालयले ट्रक्टर, जे।सि।भि स्वंय पक्राउ गरि खैरेनी चौकीलाई बुझाई देवदह नगरपालिकालाई कारवाहीको लागि पठाएको पत्र नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृत मिलेमतोमा विना राजश्व छाडीएको आरोप लगाइएको छ ।

तालाबन्दी गर्न नगरपालिका पुग्ने वडा अध्यक्षहरुमा एक बहादुर सुनार, वडा नं १०, पज प्रसाद अर्याल,वडा नं.३, मोहन बहादुर जि.सि. वडा नं. ९, हेग बहादुर सारु, वडा नं. १२, दिपक नेपाल,वडा नं. ६, दमननाथ रेग्मी,वडा नं. ४, दूध नाथ यादव, वडा नं. ११ रहेका छन् ।

त्यसैगरी बोम बहादुर परियार, कार्यपालिका सदस्य, अमर लामिछाने नगर सभा सदस्य, बम कुमारी थापा, नगर सभा सदस्य, अम्रिका प्रसाद चौधरी, नगर सभा सदस्य र मेघनाथ न्यौपाने, नगर सभा सदस्य पनि ताला लगाउन पालिका पुगेका थिए ।

नगरसभा सदस्य दुल प्रसाद चौधरी, रेनुका आले मगर, बाल मोहन यादव, आविद अलि, असरुन निसा, लक्ष्मी देवी विक, मंगल चौधरी, कृष्ण माया राना, बमकान्त गौडेल र होस राज न्यौपाने पनि ताला लगाउन नगरपालिका पुगेका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  १ : ५७ बजे

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट

निर्धारित राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको