१६ बैशाख २०८१, आइतबार | April 28, 2024

सडकमा फोहर फाल्ने माथि नेपालगन्ज उपमहानगरको दण्ड, मेयर आफै जरिवाना काट्न सडकमा



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सडकमा जथाभावी फोहोर फाल्नेमाथि कारवाही गर्न नगर प्रमुख आफै सडकमा निस्केका छन् । पटक–पटक माइकिङ सहित घरदैलो गरेर फोहर सडकमा नफाल्न आग्रह गर्दापनि अटेर गरेको भन्दै नगर प्रमुख प्रशान्त बिक्ष्ट आफै जरिवाना असुल गर्न निसकेका हुन् । नेपालगन्जमा सडकमा फाहेर फाल्नेमा नामचलेका बाणिज्य बैंकहरु देखि ठुला व्यवसायीहरु नै बढी देखिएका छन् ।

उपमहानगरले पटक पटक गरेको आग्रहको बेवास्ता गर्दै सडकमा फोहोर फाल्ने क्रम नरोकिएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालयले जरिवाना कारवाहीको अभियान नै चलाएको छ ।

आइतबार साँझ ग्लोबल आइएमई बैंक, राही मार्ट, शर्मा प्लास्टिक, ए टु जेड मोबाइल पसल, रोयल कर्णाली मार्ट, राहुल मःम सेन्टर र मयुरिया रेस्टुरेन्ट एण्ड बारले सडकमा जथाभावी फोहोर फालेको भेटिएपछि नेपालगञ्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम प्रत्येक फर्मसँग ५ हजार तथा पुष्पा इलेक्ट्रिकल्स सप्लायर्सलाई सडकमा २४ घण्टा भन्दा बढी समयदेखि निर्माण सामग्री राखेवापत ५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

नगर प्रमुख प्रशान्त विष्ट, नगर प्रहरी, नेपालगन्ज उद्योग बाणिज्य संघ, नागरिक समाज, होटेल व्यवसायी संघ लगायत सर्वपक्षीय टोलीले धम्बोझी चोकदेखि गुल्मसम्म सडकको दायाँबायाँ क्षेत्रमा अनुगमन तथा निरीक्षण गरेको थियो । त्यसक्रममा सडकमा फोहोर फाल्ने र लामो समयसम्म निर्माण सामग्री सडकमै थुपार्नेलाई जरिवाना गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

यसअघि नेपालगन्ज उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि नागरिक तहमा जागरण ल्याउन सचेतना प्रवर्द्धन अभियान थालेको थियो । अनुगमन टोलीमा नगर प्रहरी प्रमुख सूर्य बोगटी, नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव भिम रानाभाट, नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, सामाजिक अभियन्ता एवम् व्यवसायी गोपाल गिरी, व्यवसायी ध्रुब दाहाल लगायत हिँडेका थिए ।

नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ अनुसार ५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको छ । नगर प्रमुख विष्टले नगर सफा राख्नु सबै नगरबासीको दायित्व भएको भन्दै जथाभावी फोहोर नफाल्न पुनः आग्रह गरे । विष्टले अब हरेक दिन साँझ नगरमा अनुगमन गरिने र कारवाहीमा परे्काहरु दोहोरिएमा जरिवाना दोब्बर हुँदै जाने बताए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ३ : ४६ बजे

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते

गुल्मी । जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना

भरतपुरमा सहिद लखन थापाको सालिक निर्माण

चितवन । नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा

लुम्बिनी प्रदेशको तराईमा अत्याधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा

नेपाल पत्रकार महासंघ रुपन्देहीको अधिवेशन तथा साधारणसभा सकियो

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको १२ औ अधिवेशन तथा

लगानी सम्मेलन : यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै

काठमाडौं । आजदेखि सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २०