१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बारामा सिलिन्डर पड्किँदा एकजनाको मृत्यु, पाँच घाइते



काठमाडौं । बारामा एउटा वर्कसपमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु भएको छ। घटनामा अन्य पाँच जना घाइते भएका छन्।

बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार मृत्यु हुनेमा निजगढ नगरपालिका-५ का ४५ वर्षीय रेशम मगर रहेका छन्।

निजगढ-७ बजारमा रहेको उनको वर्कसप लेथमा ग्यास बेल्डिङ गर्ने क्रममा सिलिन्डर पड्किँदा सोमबार मध्यान्ह उनी गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा बयोधा अस्पताल वीरगन्जमा दिउँसो साढे १ बजे मृत्यु भएको न्यौपानेले बताए।

यस्तै, घाइते हुनेमा निजगढ नगरपालिका-५ का ४५ वर्षीय सूर्यबहादुर थापा घाइते भएका छन्। उनको सामुदायिक प्रसूति गृह बारामा उपचार भइरहेको छ।

यस्तै, पर्सा वीरगन्व महानगरपालिका-९ बस्ने ३४ वर्षीय फिरोद देवान घाइते भएका छन्। उनको बयोधा अस्पताल वीरगन्जमा उपचार भइरहेको छ।

यस्तै, वीरगन्ज-९ कै २० वर्षीय रितु रजक घाइते छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।

यसैगरी, भारत गवाई बस्ने ३५ वर्षीय राकेश जयसवाल र भारत रामघडजाका २० वर्षीय अरविन साह घाइते भएका छन्। उनको बयोधा अस्पतालमै उपचार भइरहेको न्यौपानेले बताए।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ४ : ३९ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान