१९ जेष्ठ २०८३, मंगलबार | June 2, 2026

चारपाला वनका ऐतिहासिक सम्पदा संरक्षण गर्दै पर्यटनसँग जोड्न आग्रह



बुटवल । बुटवलको चारपाला सामुदायिक वन ऐतिहासिक र पुरातात्विक क्षेत्रको संरक्षण र विकास गर्दै पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ । चारपाला सामुदायिक वन उपभोक्ता समूह बुटवल-१२ तामनगरले आयोजना गरेको चारपाला खुला संग्रहालय विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्ने वक्ताहरूलाई यस क्षेत्रैको नमुना वनमा रहेका पद्यमपाणिको मूर्ति, जोगिडाडाको भग्नावशेष, बाघनाथ बाबाको क्षेत्र लगायत यत्रतत्र छरिएका ऐतिहासिक र पूरातात्विक महत्वका सम्पदाको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिइएको हो ।

वन खुला संग्रहालय जस्तो भएको बताउँदै जाति खोज्न सaक्यो, त्यति सम्पदा भटिने भन्दै यिनको पर्यटनको विकास हुनुका साथै अनुसन्धानकतालाई पनि अघि बढाउनुपर्ने बताएका छन् । वनमा माटाका भाडाका टुक्रा, पुरानो धातुका चुरा, माटाका मालाका गेडाहरु, पानी खाने कुवा, गाडधन, पद्यपाणिको मूर्तिसमेत भेटिएको छन् ।

कार्यक्रममा विश्व ओमकार एकता महाअभियान्ता तथा हिन्दू विद्यापिठ नेपालका संस्थापक डा.चिन्तामणि योगीले चारपालालगायत यस क्षेत्रका हरेक ठाउँमा एतिहास लुकेका बताउँदै तिनीहरुको संरक्षण, प्रबद्र्धन र उजागर गर्नुपर्ने बताए । वन क्षेत्रमा भएका जोगीडाँडा, सिद्धबाघनाथ बाबाधामलगायतका ठाउँमा संरक्षण गर्न सबै जाग्नुपर्ने बताए । संस्कृतिविद् राजेन्द्र आचार्यले यस क्षेत्रका सम्भावनाहरुको पहिचान र संरक्षण गर्दै पर्यटनसँग जोड्नुपर्ने बताए ।

चारपाला सामुदायिक वनका अध्यक्ष जगतनाथ शर्माले योगीडाँडा क्षेत्रमा ऐतिहासिक पुरातात्विक महत्वका वस्तुहरु यत्रतत्र छरिएर रहेकाले खुला संग्रहालयको रुपमा स्थापित हुनुपर्ने बताए । भारतका वरिष्ठ परातत्वविद्हरुले समेत भ्रमण गरेको यो क्षेत्रमा सरकारको ध्यान आकृष्ट गराउन नसकिएको बताउँदै उनले सरकार र स्थानीय समुदायको ध्यान पुग्नुपर्नेमा जोड दिए ।

सो अवसरमा वरिष्ठ पत्रकार डीआर घिमिरेले चारपाला खुला संग्रहालयको विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि चुडामणि पौडेल र यज्ञमूर्ति भण्डारीले टिप्पणी गरेका थिए । कार्यक्रममा यो बाबा योगिराज, वनका उपाध्यक्ष रामकुमारी पौडेल, सचिव दुर्गा पाठकलगायतले बोलेका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ५ : ११ बजे

चितवनमा क्रिप्टोकरेन्सी कारोबार र डिजिटल ठगीको आरोपमा चिकित्सक पक्राउ

चितवन । गैरकानुनी तवरले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को सञ्चय तथा कारोबार

तोलामा चार सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य तोलामा रु

कांग्रेसले छायाँ सरकार गठन गरेको होइनः नेता आङ्देम्बे

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले

दरबार हत्याकाण्डको २५ वर्ष : रहस्य अझै अनुत्तरित, नारायणहिटी संग्रहालयमा बढ्दो चासो

काठमाडौं । नेपाली इतिहासकै सबैभन्दा दुःखद र रहस्यमय घटनामध्ये एक

रास्वपा सभापति लामिछाने र भाजपा अध्यक्ष नबिनबीच भेटवार्ता हुँदै

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत भ्रमणमा रहेका