२५ चैत्र २०८२, बुधबार | April 9, 2026

अम्बर गुरुङको ‘नेपाली अर्केस्ट्रा’ बनाउने सपना



काठमाडौं । नेपाली गीत, सङ्गीतका क्षेत्रमा सङ्गीत सम्राटका रुपमा सम्झिने गायन, सङ्गीत र गीत रचनाका विलक्षण प्रतिभा अम्बर गुरुङको एउटा महत्वपूर्ण सपना थियो ‘नेपाली चेम्बर अर्केस्ट्रा’ बनाउने ।

तत्कालीन शाही नेपाल प्रज्ञा प्रतिष्ठानमै रहँदा उनले ६ जना जतिको अर्केस्ट्रा बनाउने सपना बुनेका थिए। उक्त सपना अहिलेसम्म पूरा हुन सकेन ।

गुरुङको आज ८६ औँ जन्मजयन्ती मनाइरहँदा सङ्गीत साधकहरुले त्यही कुरालाई घच्घचयाइरहेका छन्। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले जन्मजयन्तीका अवसरमा सोमबार उनको योगदानको सम्मानमा वरिष्ठ सङ्गीतकर्मीबीच काठमाडौँमा अन्तरक्रिया गरी स्मरण गरेको छ ।

उक्त प्रतिष्ठानका प्रथम कुलपति तथा नेपाली राष्ट्रिय गानका सङ्गीतकार हुन् अम्बर गुरुङ । कार्यक्रममा उनको अर्केस्ट्रा बनाउने सपना पूरा हुन नसकेकामा सहभागीले चिन्ता प्रकट गरेका छन् । गुरुङसँग १५ वर्ष काम गरेका दीपक जङ्गम नेपाली अर्केस्ट्रा बनाउने उनको सपना पूरा गर्न सके त्योभन्दा ठूलो उपलब्धि अरू केही नहुने र उनको सच्चा सम्मान हुने बताउँछन् ।

उनले गुरुङ नेपाली गीत, सङ्गीत र नाट्य विधालाई अन्तर्राष्ट्रियस्तरको कसरी बनाउन सकिन्छ भनेर चिन्तनमनन गरिरहने व्यक्तिका रुपमा सम्झिए । ‘नेपालमा पनि गीत, सङ्गीतका धेरै विज्ञ हुनुहुन्छ, उहाँहरुको विज्ञतालाई प्रयोग गर्न सके पनि अम्बर दाइको सोच केही प्रतिशत पूरा हुन्छ,’ उनले भने ।

विसं १९९४ फागुन १४ गतेका दिन दार्जिलिङको लालढिकीमा गुरुङको जन्म भएको थियो। उनका हजुरबुबा भारतीय सेनाको जागिरे भएर भारत गएका थिए । बुबा उजिरसिंह गुरुङले पनि भारतीय सेनामै जागिर खाएका थिए । उनको पुर्ख्यौली थलो भने गोरखा जिल्लाको रिसिङ हो ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले नेपाली राष्ट्रिय गानका सङ्गीतकार मात्रै भनेर अम्बर गुरुङको योगदानलाई नभुल्न आग्रह गरे । उनले स्मरण गरे, ‘अम्बर दाइको आफ्नै गायन, शब्द र सङ्गीत रहेको ‘उकाली चढ्दा पसिना पुछ्ने तिमी नभए अरू को होला… ले संवेदनामै हिर्काएको महसुस हुन्छ, अर्काे उहाँकै शब्द र सङ्गीत रहेको ‘सम्हालेर राख…’ बज्दा दाइको विम्ब मेरा अगाडि आउँछ ।’

अम्बर गुरुङलाई सङ्गीतको ऋषिमुनि मान्ने कुलपति राई जीवनको उत्तरार्धमा उनीसामु सङ्गीत भर्न अनुरोधका लागिभन्दा पनि उनका कुरा सुन्न जाने गरेको सुनाए । गुरुङलाई सम्झँदा नेपाल प्रवेशअघिको ‘नौ लाखे तारा…’को समयलाई एउटा आयाम र नेपाल आएपछिको अवस्थालाई अर्को आयामका रुपमा बुझ्नुपर्ने उनले उल्लेख गरे । उनले गुरुङलाई सङ्गीतकार भन्दै गर्दा गीतकार र निबन्धकारको परिचयलाई नभुल्न आग्रह गरे ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा प्रथम कुलपति गुरुङको स्मरण गर्दा उनको योगदानका साथै डिप्रेसनमा गएको कुरा भुल्न नहुने बताउँछिन् । त्यसबेला नाट्य निर्देशक सुनिल पोखरेल लगायत व्यक्तिहरुले गीत गाउन लगाएर उनलाई ‘डिप्रेसन’बाट छुटाएको कुरा बिर्सन नहुने बताउँछिन् निशा ।

कुलपति शर्माले प्रतिष्ठानमा आफू काम गर्नका लागि आएको र सबैको राय, सुझाव र सल्लाहकै आधारमा सङ्गीत नाट्यलाई अघि बढाउने सोच आफ्नो रहेको सुनाइन् । उनले भनिन्, ‘आउनुहोस्, छलफल गरौँ, बसौँ, कसरी अघि बढाउन सकिन्छ, सरकारलाई घच्घच्याउन सँगै जाऔँ, काम गर्न सकियो भने अम्बर गुरुङजस्ता अग्रजहरुको सपना पूरा गर्न सकिन्छ ।’

उनले अम्बर गुरुङको नेपाली अर्केष्ट्रा बनाउने सपना पूरा गर्नका लागि बजेट माग गरेर मन्त्रालयमा योजना पेस गरेको पनि सुनाइन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ८ : ३९ बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास