५ पुस २०८२, शनिबार | December 21, 2025

महाधिवेशनमा दस्तावेज लेखनका लागि सुझाव पठाउन निर्देशन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), सम्पर्क विशेष प्रदेश कमिटीले पार्टीको १०औँ महाधिवेशनमा दस्तावेज लेखनका लागि मातहतका सातवटा प्रदेश सम्पर्क कमिटी, ७४ जिल्ला सम्पर्क मञ्चलाई सुझाव पठाउन निर्देशन दिएको छ ।

कमिटीले आगामी जेठ ३ देखि ७ गतेसम्म हुने महाधिवेशनमा मातहतका सबै निकायबाट सुझाव सङ्कलन गर्ने उद्देश्यले एक साताभित्र सुझाव पठाउन निर्देशन दिएको हो । कमिटी अध्यक्ष वीरवलकाजी राईको अध्यक्षतामा पाँच सदस्यीय दस्तावेज सुझाव समिति पनि गठन गरिएको छ । कमिटीले आफ्नो मातहतका सबै सम्पर्क कमिटी र जिल्ला सम्पर्क मञ्चलाई पुनर्गठन गरी कमिटी व्यवस्थित गर्ने जनाएको छ ।

पार्टीको अन्तरपार्टी निर्देशनानुसार महाधिवेशन केन्द्रित दुईमहिने पार्टी सङ्गठन निर्माण अभियान सफल बनाउन सम्पर्क विशेष प्रदेश कमिटीलाई पत्राचार गरिएको कमिटी अध्यक्ष राईले जानकारी दिए ।

पार्टी सदस्यता व्यवस्थित र विस्तार, सङ्गठन निर्माण, भेला प्रशिक्षण, प्रकाशनसहित सम्पर्क मञ्चका सदस्य विस्तार, सदस्यता वितरण गर्न सदस्यता शुल्कलाई व्यवस्थित गर्ने र कार्यालय व्यवस्थापनका लागि सम्पर्क मञ्च र प्रदेश सम्पर्क कमिटीलाई आवश्यकतानुसार दायित्व तोकी सम्पर्क कार्यालयलाई व्यवस्थित बनाउने काममा सो कमिटी लाग्नेछ । सबै प्रदेश सम्पर्क कमिटीले आ–आफ्नो कमिटीमा बैठक गरी त्यसको निर्णय केन्द्रमा पठाउन सर्कुलर पनि जारी गरिएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  १ : ०४ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ