१८ बैशाख २०८१, मंगलबार | May 1, 2024

वाफ महिला च्याम्पियनसिप : पहिलो हाफ सकिँदा नेपालको अग्रता



काठमाडौं । वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र जोर्डनबीच अहिले फाइनल खेल भइरहेको छ । नेपालले पहिलो हाफको खेल सकिँदा १–० गोलको अग्रता लिएको छ ।

साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी रङ्गशालामा पहिलो हाफमा नेपालका लागि सविता राना मगरले गोल गरेकी हुन् । उनले खेलको २९औँ मिनेटमा गोल गरिन् । पहिलो हाफमा नेपालले जोर्डनमाथि दबाब सिर्जना गरेको थियो ।

वाफ च्याम्पियनसिपमा नेपालको यो पहिलो सहभागिता हो । जोर्डनले भने पाँच पटक उक्त उपाधि जितिसकेको छ । नेपालले फाइनल खेलमा मुख्य खेलाडी सावित्रा भण्डारीलाई गुमाएको छ । सावित्रा फ्रान्सको शीर्ष डिभिजन क्लब एना भान गेङ्गाम्पमा अनुबन्ध भएका कारण आजै फ्रान्सतर्फ प्रस्थान गरेकी छिन् ।

यसअघि नेपालले सेमिफाइनलमा लेवनानलाई २–१ गालले हराउँदै जोर्डनसँगको फाइनल भेट पक्का गरेको हो । जोर्डन प्यालेस्टाइनलाई ५–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो । फिफा बरियतामा नेपाल एक सय पाँचौँ स्थानमा छ भने जोर्डन ७४औँ स्थानमा छ ।

नेपाली टोलीमा गोलकिपरमा कप्तान एन्जिला तुम्बापो सुब्बासँगै उषा नाथ र अञ्जना राना मगर छन् । डिफेन्डरमा गीता राना, हिराकुमारी भुजेल, बिमला विक, अमृता जैशी, निशा ठोकर, समिक्षा घिमिरे, पुजा राना र सबिना चौधरी छन् । यस्तै मिडफिल्डरमा अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रिती राई, दिपा शाही, बिमला चौधरी र सरस्वती हमाल तथा फरवार्डमा चन्द्रा भण्डारी, रेखा पौडेल, रश्मिकुमारी घिसिङ र सबिता राना मगर छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  १० : ५२ बजे

आजको मौसम : लुम्बिनीसहित ३ प्रदेशमा हावाहुरीको संभावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को