१९ असार २०८३, शुक्रबार | July 3, 2026

वाफ महिला च्याम्पियनसिप : पेनाल्टीमा चुक्दा उपाधिबाट बञ्चित भयो नेपाल



काठमाडौं । पेनाल्टी सुटआउटमा चुक्दा नेपाल वाफको उपविजेतामै सीमित भएको छ । पेनाल्टी सुटआउटमा नेपाललाई ५-३ ले हराउँदै जोर्डनले पश्चिम एसियाली फुटबल फेडेरेसन वाफ महिला च्याम्पियनसिपको उपाधि छैठौं पटक जितेको हो ।

बिहीबार राति साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा सम्पन्न खेलको निर्धारित ९० मिनटको खेल दुई-दुई गोलको बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टीबाट गरिएको हो । जोर्डनका आयह अल मजाली, मास्या जेबाराह, नोउर जकास, सारह अबु सबाह र रोजबहान फ्राइजले पेनाल्टीमा गोल गरिन् ।

नेपालका गीता राई, दीपा शाही, हीराकुमारी भुजेलले गोल गरेका थिए । नेपालकी अमृता जैसीको प्रहार भने जोर्डनका गोलकिपरले विफल बनाएकी थिइन् । निर्धारित समयको खेलमा सविता रानामगरले गोल गर्दै नेपाललाई अग्रतामा राखेकी थिइन् ।

२९ औँ मिनेटमा रेखा पौडेलको पासलाई सदुपयोग गर्दै सविताले १८ यार्ड बक्स बाहिरबाट उत्कृष्ट गोल गरेकी थिइन् । पहिलो हाफमा १-० को अग्रता बनाए पनि नेपालले दोस्रो हाफमा त्यसलाई कायम राख्न सकेन । ७४ औँ मिनेटमा जोर्डनकी लाना फेरसले बराबरी गोल गरेकी थिइन् ।

८९ औँ मिनेटमा साराह अबु सबाहले गोल गर्दै जोर्डनलाई २-१ को अग्रतामा राखेकी थिइन् । तर इन्जुरी समयमा पाएको पेनाल्टीलाई गीता रानाले सदुपयोग गर्दै नेपाललाई २-२ को बराबरीमा फर्काएकी थिइन् ।

प्रतियोगितामा पाहुना टिमका रूपमा सहभागिता जनाएको नेपालले फाइनलसम्मको यात्रा तय गर्ने क्रममा अन्तिम-४ मा लेबनानलाई हराएको थियो । प्रतियोगिताकै सबैभन्दा सफल टिम जोर्डनले सेमिफाइनलमा प्यालेस्टाइनलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

साविक बिजेता समेत रहेको जोर्डनले योसहित छैटौँपटक प्रतियोगिताको उपाधि जितेको छ । नेपाली महिला टिमले खेलेको यो ११ औँ फाइनल हो । नेपालले हालसम्म कुनै पनि प्रतियोगिताको उपाधि जित्न भने सकेको छैन ।

नेपालले यसअघि पाँच पटक साफ महिला च्याम्पियनसिप, तीन पटक साग गेम्सअन्तर्गतको महिला फुटबल, एकपटक हिरो कप र एकपटक नादेज्दा कपको फाइनल खेले पनि सबैमा हार बेहोरेको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ७ : २५ बजे

रोमाञ्चक खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा

काठमाडौं । इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको निर्णायक

पूर्वसांसद कोइरी पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला-२

विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन

काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत

अस्ट्रियालाई पराजित गर्दै स्पेन अन्तिम १६ मा

काठमाडौं । मिकेल ओयार्जाबालको दुई गोल र पेड्रो पोरोको शानदार

देशभर मनसुनी प्रभाव कायम, आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि