१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

डिडिसीमा ठूलो परिमाणमा पाउडर दुध र मख्खन थन्कियो



काठमाडौं । दुग्ध विकास संस्थान ९डिडिसी०मा ठूलो परिमाणमा पाउडर दुध र मख्खन थन्किँदा किसानलाई रकम भुक्तानीमा समस्या देखिएको छ । डिडिसीले दैनिक रुपमा विभिन्न जिल्लाका कृषकमार्फत एक लाख ४० हजार लिटर दुध खरिद गर्दै आएपनि बजारमा दैनिक ९० हजार लिटरमात्र बिक्रीहुँदा समस्या देखिएको हो ।

संस्थानका उपमहाप्रवन्धक एवम् सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले डिडिसीमा ठूलो मात्रामा पाउडर दुध र मख्खन थुप्रिएर बस्दा समस्या देखिएको बताए ।

“हामीले मासिक ४२ लाख लिटर दुध विभिन्न किसानमार्फत खरिद गछौँ तर बजारमा बिक्री २७ लाख लिटर हाराहारीमा मात्र हुन्छ, प्रत्येक महिना १५ लाख लिटर बराबरको पाउडर थुप्रिँदा समस्या भएको हो,” उनले भने ।

दैनिक ५० हजार लिटर दुधको मख्खन र पाउडर दुध बनाएर भण्डारण गर्दै आइरहेको उनको भनाइ छ । डिडिसीले गर्मी बढेपछि दहीको बिक्रीवितरण बढ्ने अपेक्षा लिएको छ ।

डिडिसीमा हाल रु सवा एक अर्ब बराबरको पाउडर दुध र मख्खन मौज्दात रहेको उपमहाप्रबन्धक अधिकारीले जानकारी दिए । उनका अनुसार हाल संस्थानमा नौ लाख किलो पाउडर दुध र सात लाख किलो मख्खन मौज्दात रहेको छ ।

संस्थानले हाल विभिन्न ४३ जिल्लामा उत्पादन भएको दुध आफ्नै चिस्यान केन्द्र र विभिन्न सहकारीमार्फत खरिद गर्दै आम उपभोक्तामाझ पु¥याउँदै आएको छ । दुग्ध विकास संस्थान मातहतमात्र हाल देशभर ६४ चिस्यान केन्द्र छन् ।

डिडिसीले हाल गुणस्तरका आधारमा चारण् प्रतिशत घृताशं ९फ्याट० र आठ प्रतिशत ‘एसएनएफ’ रहेको दुधको न्यूनतम ६७ देखि अधिकतम ७२ शुल्कमा खरिद गर्ने गरेको छ । संस्थानले यसरी खरिद गरिएको दुध न्यूनतम प्रतिलिटर रु ८४ देखि अधिकतम रु एक सय २४ सम्म बिक्री गर्दै आएको छ

डिडिसीले दही प्रतिलिटर रु एक सय ५० र घिउ वितरकलाई प्रतिकिलो रु एक हजार ८० मा बिक्री गर्दै आएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  १२ : ३८ बजे

एनपीएल-३ को पहिलो अर्धशतक चितवनका मलानको नाममा

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणमा चितवन

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

नेपालगन्ज । सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा) लागि गन्तव्य स्थान बन्न

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।