२९ मंसिर २०८२, सोमबार | December 15, 2025

अब ट्विटर(एक्स)बाटै कल गर्न मिल्ने सुविधा, ह्वाटसएपलाई चुनौती



क्यार्लिफोनिया। एलन मस्कले ट्विटरको जिम्मेवारी लिएपछि उनले संसारको सबैभन्दा लोकप्रिय माइक्रो ब्लगिङ प्लेटफर्ममा एकपछि अर्को धेरै परिवर्तनहरू गरिरहेका छन्।

सुरूमा मस्कले ट्विटरको नाम पनि बदलेर एक्स राखेका छन्। अहिले यो प्लेटफर्मलाई सारा विश्वले एक्सको नामले चिन्दछन् । मस्कले आफ्नो प्लेटफर्ममा अर्को नयाँ सुविधा प्रस्तुत गरेको छ। यस सुविधामार्फत अब मानिसहरूले कल गर्न सक्ने भएका छन ।

वास्तवमा एलोन मस्कले आफ्नो प्लेटफर्म एक्समा मा अडियो र भिडियो कल सेवा प्रदान गर्ने सुविधा समावेश गरेका छन् । एक्समार्फत प्रयोगकर्ताहरूले अब आफ्ना साथी वा नातेदारहरूलाई निः शुल्क अडियो वा भिडियो कल गर्न सक्नेछन्। प्रयोगकर्ताहरूलाई एक्समार्फत अडियो वा भिडियो कल गर्न कुनै नम्बरको आवश्यकता पर्दैन।

अब एक्सबाट प्रिमियम प्रयोगकर्ताहरूका साथै साधारण प्रयोगकर्ताहरूले भिडियो र अडियो कलहरू निःशुल्क गर्न सक्नेछन्। यसका लागि अब प्रयोगकर्तालाई न त कुनै फोन नम्बर चाहिने छ, न त प्रिमियम सब्सक्रिप्शन किन्न आवश्यक पर्नेछ।

एनरिक बारगन, जो एक्सका इन्जिनियर हुन, उनले भनेका छन, ‘अब तपाईं यसलाई प्रयोग गर्न सक्नुहुन्छ। तपाईं अब सबैलाई कल गर्न अनुमति दिने छनौट गर्न सक्नु हुन्छ।’

यद्यपि एक्सबाट अडियो वा भिडियो कल सेवा प्रयोग गर्न हामी तपाईंलाई भनौं कि तपाईंले ती प्रयोगकर्ताहरूबाट मात्र कलहरू प्राप्त गर्न सक्षम हुनेछ । जसलाई तपाईंले फलो गर्नुभएको छ वा तपाईंको ठेगाना उनीहरू उपलब्ध छन । दुई खाताहरूले कम्तिमा एक पटक एक्समार्फत अन्तरक्रिया गर्न आवश्यक छ, तब मात्र उनीहरूले कल सेवाको फाइदा लिन सक्नेछन्।

यद्यपि प्रयोगकर्ताहरूले उनीहरूलाई कल गर्न अनुमति दिन सेटिङहरू छनौट गर्न सक्छन् वा तिनीहरूले फलो गर्ने मानिसहरू मात्रले पाउँछन ।

तर, धेरैले मस्कले टविटरमा कल सुबिधा राखेर मार्क जुकरबर्गको हवाटस अपलाइ चुनौती दिन खोजेको केही सञ्चारमाध्यले लेखेका छन ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ९ : १५ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले