२९ भदौ २०८३, सोमबार | September 14, 2026

प्रधानमन्त्री प्रचण्ड आज लुम्बिनी आउदैं



बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज लुम्बिनी आउने भएका छन । लुम्बिनी बौद्ध विश्वविद्यालयको १५ औं सभाको बैठकलाई सम्वोधन गर्न प्रधानमन्त्री प्रचण्ड आज लुम्बिनी आउने भएका हुन ।

प्रधानमन्त्री एवं कुलपति प्रचण्डको अध्यक्षतामा सभाको बैठक हुन लागेको हो । प्रधानमन्त्री प्रचण्डले आज नै लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय कार्यालयको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय लुम्बिनी विकास कोष परिसरभित्र निर्माण भएको छ ।

झण्डै २२ करोड लागतमा बनेको भवनमा उपकुलपति कार्यालय, रजिष्ट्रार कार्यालय, अनुसन्धान केन्द्र, अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको कार्यालय रहनेछ । भवनमा सुविधा सम्पन्न सभाहल निर्माण भएको छ । जसको क्षमता २ सय ५० भन्दा बढी रहेको छ । सभाको बैठक तथा भवन उद्घाटनका लागि बिहान साढे ११ बजे प्रधानमन्त्री लुम्बिनी आउने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ ।

प्रधानमन्त्रीले पहिलो चरणमा कार्यालयको भवन उद्घाटन गर्ने र त्यसलगत्तै सभाको बैठकमा सहभागी हुने कार्यक्रम रहेको विश्वविद्यालय सभाका सदस्य सचिव एवं रजिष्ट्रार डा. तिलकराम आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ९ : ४२ बजे

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने

काठमाडौं । भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको