२ चैत्र २०८२, सोमबार | March 16, 2026

भोलिबाट बाँकेमा लुम्बिनी प्रदेश युवा सम्मेलन



नेपालगन्ज । प्रदेशमा युवा मैत्री निती निर्माणमा योगदान दिने उद्देश्य राख्दै बाँकेमा लुम्बिनी प्रदेश युवा सम्मेलन हुने भएको छ । आइतबारबाट ३ दिन सम्म चल्ने सम्मेलनले प्रदेशमा युवाहरुलाई स्वरोजगार बनाउँदै विदेश पलायनबाट रोक्न निती निर्माणमा सघाउ पु¥याउने विश्वास गरिएको छ ।

सम्मेलनको पूर्वसन्ध्यामा आज नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा एक राम्रो बिश्वका लागि युवा अभियान, युवा उद्यमशीलताको सृजनाः सम्भावना र रचनात्मक प्रवद्र्धन, प्रभावकारी शासकनका लागि युवा शसक्तिकरण, जलवायु कार्यमा युवा संलग्नता लगायतका बिषयमा छलफल गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल युवा परिषदका अध्यक्ष सरोज बानीयाले सम्मेलनले निकालेको निचोड प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय। समाजिक विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमा बुझाइने जानकारी दिए । उनले सम्मेलनको निचोडले राज्यलाई युवा निती बनाउन सघाउ पुग्ने बताउँदै उनले स्थानीय पालिकाहरुले समेत युवा निती बनाउँदा सम्मेलनको निचोडले सहज बनाउने दाबी गरे ।

पर्यटन ब्यवसायी कृष्ण चौधरीले बाँकेको गाभर भ्यालीमा हुने सम्मेलनमा प्रदेशका १२ वटै जिल्लाको खानपान, भेषभुषा र संस्कृतिको प्रदर्शन सहित छलफल गरिने जानकारी दिए । उनले सम्मेलनमै थारु समुदायको परिकार घोँघी खाने प्रतियोगिता गरिनुका साथै प्रदेशको कला झल्कनेगरि सांस्कृतिक कार्यक्रम गरिने बताए । लुम्बिनी प्रदेशको रैथाने खानाको ब्राण्डिङ गर्न सम्मेलनले भुमिका खेल्ने विश्वास ब्यक्त गर्दै चौधरीले लुम्बिनीमा पर्यटन उद्योगलाई सम्मेलनले सहयोग गर्ने दाबी गरे ।

१२ जिल्लाका २०५ युवाहरु सहभागी हुने सम्मेलनको उदघाटन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले र समापन प्रदेश सामाजिक विकास मन्त्री सिके गुप्ताले गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  २ : २९ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन