१२ श्रावण २०८१, शनिबार | July 27, 2024

मैत्रीपुर्ण फुटबलमा नेपालगन्ज सेन्ट जेभियर्स र गुरुकुल स्कुल विजयी



नेपालगन्ज । नेपालगन्ज सेन्ट जेभियर्स स्कुलको यु–१८ टिम, गुरुकुल इङलिस मिडियम स्कुलको यु–१६ र यु–१२ टिमले मैत्रीपुर्ण खेलमा जित हासिल गरेका छन् ।

शनिबार बाँकेको डुडुवा–०५ कम्दी स्थित नवदुर्गा युवा क्लबको मैदानमा भएको खेलमा बाँकेको नेपालगन्ज सेन्ट जेभियर्स स्कुलले गुरुकुललाई ४–० ले पराजित गरेको छ । नेपालगन्ज सेन्ट जेभियर्सको तर्फबाट आशिष सुनारले २ गोल, बिपिन खड्का र मनिष श्रेष्ठले १–१ गोल गरेका थिए ।

नेपालगन्ज धम्बोझी स्थित एन्फा ग्रासरुट फुटबल ट्रेनिङ सेन्टरमा शुक्रबार भएको खेलमा लम्की कैलालीको गुरुकुल इङलिस मिडियम स्कुलको यु–१६ टिमले नेपालगन्जको मनकामना इङलिस मिडियम स्कुललाई २–० ले हरायो । गुरुकुलको जितमा हिमान्सु जोशी र देशान्त सुनारले १–१ गोल गरेका थिए ।

यु–१२ तर्फ पनि गुरुकुलले मनकामनालाई २–० को नतिजामै हरायो । गुरुकुलको सफलतामा शंकर विक र राघब बोहराले १–१ गोल गरे ।

बाँके जिल्ला फुटबल संघको आयोजना भएको मैत्रीपुर्ण खेलमा बाँके र कैलालीको विद्यालय स्तरको च्याम्पियन टिमले प्रतिस्पर्धा गरेका थिए । बाँकेमा गत महिना सम्पन्न मेयर कप अन्तर विद्यालय छात्र फुटबलमा नेपालगन्ज सेन्ट जेभियर्स च्याम्पियन बनेको थियो । लम्कीको गुरुकुल इङलिस मिडियम स्कुल पनि कैलालीमा मेयर कप फुटबलको उपाधि जितेको टिम हो ।

मैत्रीपुर्ण खेलमा विजयी हुने खेलाडीलाई अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, उपाध्यक्ष निर्मल चन्द, मैत्रीपुर्ण खेलका संयोजक दिपेन्द्र घले, नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ सदस्य इन्द्र राना लगायतले पुरस्कृत गरेका थिए ।

अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य शाहीले बाँके र कैलालीको च्याम्पियन स्कुलबिचको मैत्रीपुर्ण खेलले नयाँ सम्भावनाको विकास गरेको बताए ।

मैत्रीपुर्ण खेलको समापन अवसरमा बोल्दै गुरुकुल इङलिस मिडिया स्कुलका संस्थापक माधव थापाले बाँकेमा आएर फुटबल खेल्न पाउनु आफना खेलाडीहरुका लागि महत्वपुर्ण अवसर भएको बताए ।

नेपालगन्ज सेन्ट जेभियर्स स्कुलका संस्थापक डिल्ली राज डाँगीले मैत्रीपुर्ण फुटबल खेल्ने अवसर दिएकोमा आयोजकलाई धन्यवाद दिदैं फुटबलको विकासमा एन्फासँग सहकार्यका लागि तयार रहेको बताए ।

मैत्रीपुर्ण खेलको स्थानीय व्यवस्थापन नवदुर्गा क्लब कम्दी–५ ले गरेको थियो । नेपालगन्ज भन्दा बाहिर हुने यस्ता गतिविधिले बाँकेको फुटबलको स्तर बढाउन सहयोग गर्ने एन्फाका उपाध्यक्ष निर्मल चन्दले बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ९ : ३६ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान