६ बैशाख २०८३, आइतबार | April 19, 2026

भारतले माल्दिभ्सनजिकै सैन्य शिविर स्थापना गर्दै



नयाँदिल्ली । भारतीय नौसेनाले ‘रणनीतिक रूपमा महत्वपूर्ण’ माल्दिभ्सको नजिकका टापुहरूमा सेनालाई बलियो बनाइरहेको बताएको छ । मालेले भारतीय सेनालाई घर पठाउन सुरु गर्नुभन्दा केही दिन अघि नै नयाँ शिविर खुल्ने भारतीय सेनाले जनाएको छ ।

चीन निकट मानिने मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले गत वर्ष भारतीय सेनालाई फिर्ता पठाउने वाचा गरेर चुनाव जितेपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा तिक्तता आएको छ ।

पूर्व-पश्चिम अन्तर्राष्ट्रिय जल मार्गमा फैलिएको उक्त द्वीपसमूहमा चीनको बढ्दो उपस्थितिप्रति भारत सशङ्कित रहेको र नयाँ शिविरले उक्त क्षेत्रमा नयाँ दिल्लीको ‘जानकारी पहिचान गर्ने निगरानी’ लाई विस्तार गर्ने भारतीय नौसेनाले शनिबार एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

मुइज्जुले भारतलाई माल्दिभ्समा रहेका ८९ जना सुरक्षाकर्मीलाई फिर्ता बोलाउन आग्रह गरिसकेका छन् ।  भारतीय योजना अनुसार पहिलो जत्था मार्च १० भित्र भारत प्रस्थान गर्ने र सबै दुई महिनाभित्र स्वदेश फिर्ता हुनेछन् ।

भारतको लक्षद्वीप टापुमा मार्च ६ मा खुल्ने नयाँ सैन्य शिविरले विद्यमान सानो टुकडीलाई ‘स्वतन्त्र नौसैनिक एकाइ’ मा परिणत गर्नेछ । भारतको लक्षद्वीप टापु माल्दिभ्सबाट लगभग १३० किलोमिटर उत्तरमा अवस्थित छ र मिनिकोय टापुमा नयाँ नौसैनिक शिविर रहेको छ ।

भारतीय नौसेनाको लक्षद्वीप टापु कवारत्तीमा पहिलेदेखि नै शिविर छ, तर नयाँ शिविर माल्दिभ्सबाट लगभग २५८ किलोमिटर (१६० माइल) नजिक हुनेछ ।

“मिनिकोय लक्षद्वीपको सबैभन्दा दक्षिणी टापु हो, जसले सञ्चारको महत्वपूर्ण समुद्री रेखालाई समेटेको छ,” भारतीय नौसेनाले भनेको छ ।

यस शिविरले समुद्री डकैती र लागुऔषध विरोधी अभियानलाई बढावा दिने छ र यो ‘रणनीतिक रूपमा महत्त्वपूर्ण’ टापुहरूमा सुरक्षा पूर्वाधार बढाउने नीतिको एक भाग हो ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  १ : १२ बजे

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’

एम्बुलेन्सको ठक्करबाट योग गुरु भूमी लामिछाने सहित २ जनाको मृत्यु

बर्दिया । बर्दियामा एम्बुलेन्सको ठक्करबाट दुई जनाको ज्यान गएको छ

पर्वतकी १४ वर्षीया किशोरी आठ दिनदेखि बेपत्ता

पर्वत । जिल्लाको मोदी गाउँपालिका–२ देउपुरकी १४ वर्षीया किशोरी रितिका

कांग्रेसले पार्टी निकट प्रदेश मुख्यमन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज आफ्ना प्रदेश

दोस्रो लखन कप फुटबलको तयारी पुरा

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम