१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नागरिक उन्मुक्ति पार्टी नयाँ गठबन्धनमा सामेल हुन्छ – रेशम चौधरी



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नयाँ बन्ने सत्ता गठबन्धनमा सामेल हुने भएको छ । सोमबार बालुवाटार बैठकमा सहभागी भएपछि नाउपाका अध्यक्ष रेशम चौधरीले आफूहरू नयाँ सरकारमा जान सकारात्मक रहेको बताए ।

‘नयाँ गठबन्धन जोडिने प्रयत्न हुँदैछ । कुन-कुन दललाई गठबन्धनमा सामेल गराउने भन्ने विषयमा एक्लाएक्लै बोलाएर छलफल गर्ने प्रकृया जारी छ,’ उनले भने ।

अध्यक्ष चौधरीले केन्द्रमा आफ्नो मन्त्री नै रहेको र केही प्रदेशमा पनि पकड राम्रो रहेको उल्लेख गर्दै पार्टीको बैठक बसेर निर्णय सार्वजनिक गर्ने बताए । तर, उनले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टी निर्णायक भएकैले पनि नयाँ बन्ने गठबन्धनमा नाउपाको महत्व रहने बताए ।

नयाँ बन्ने सत्ता समीकरणमा सहभागी हुने बताएका चौधरीले आफ्ना माग र मुद्दालाई सम्बोधन गराएर मात्र कदम अगाडि बढाउने जानकारी दिए ।

‘अहिले जोडिने नयाँ सत्ता गठबन्धनप्रति हामी सकारात्मक छौँ । विगतमा हामीले पटक-पटक धेरै कुराबाट धोका खाएका छौँ, धेरै कुराहरूमा हामीलाई समावेश गरिएको छैन । तर, अबको गठबन्धनमा हामी सामेल हुँदा आफ्ना धेरै माग मुद्दालाई सम्बोधन गराएर मात्र जान्छौँ,’ चौधरीले भने ।

जनतामा अस्थिर राजनीतिका कारण चरम निराशा पैदा भएको उल्लेख गरेका उनले नयाँ बन्ने सरकार जनता र विकासमुखी हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ११ : ५४ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्