५ भदौ २०८३, शुक्रबार | August 22, 2026

कांग्रेसका मन्त्री धनराज गुरुङ्गले छाडे सरकारी निवास



काठमाडौं । प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्डले गठबन्धन छाडेर नेकपा एमालेसँग नयाँ गठबन्धन गरे पछि कांग्रेसका मन्त्रीहरू अन्यौलमा परेका छन् ।

राजिनामा पनि नदिने भन्ने अडानमा रहेका मध्ये नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्गले भने मन्त्री निवास छाडेका छन् ।

प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीलाइ पनि समावेश गरेर नयाँ मन्त्रीमण्डलको तयारी गरिरहदाँ कानुन मन्त्री गुरूङले सरकारी निवास छाडेका हुन ।

‘आजबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारीबाट मुक्त भएको छु,’ उनले भने, ‘मन्त्री पदबाट मुक्त भएपछि मन्त्री निवास तुरुन्त छोड्नुपर्छ भन्ने मान्यता राख्छु। त्यसैले आजै ४स्३० बजे मन्त्री निवासबाट पुरानै डेरामा फर्केको छु । सबैलाई धन्यवाद।’

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ६ : १७ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको