९ बैशाख २०८३, बुधबार | April 22, 2026

गृह मन्त्रालय जान रवि लामिछानेको मरिहत्ते



काठमाडौं । देशभरिका आधा दर्जन सहकारी ठगेर फरार भएका गितेन्द्रबाबु (जिबी) राईका पार्टनर रवि लामिछानेले गृह मन्त्रालयमा दाबी गरिरहेका छन् । चार दलीय नयाँ गठबन्धन बनेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले गृह मन्त्रालय नछाड्ने अडान लिइरहेका छन् ।

जिबी राईको सहकारी ठगी प्रकरणमा लामिछानेसमेत जोडिएका छन् र उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गरिरहेको छ ।

आफू र आफ्ना पार्टनरमाथि प्रहरी र राज्यका निकायको छानबिन चलिरहँदा लामिछाने स्वार्थको बाझिने मन्त्रालयमा जान मरिहत्ते गरिरहेका हुन् । नेताहरूका अनुसार उनले जसरी पनि गृह मन्त्रालय पाउनुपर्ने बताइरहेका छन् ।

रास्वपाबाट लामिछाने नेतृत्वमा सरकारमा जाने तयारी छ । उक्त पार्टीका नेताहरूले पनि गृहमै आफ्नो पार्टीको जोड रहेको र त्यसमा लामिछाने नै जाने बताइरहेका छन् ।

उपसभाति स्वर्णिम वाग्लेले गृह नपाए सरकारमा जानुको औचित्य नै नरहने बताएका छन् । ‘अरू कसैको दाबी होला, तर गृह हाम्रो पार्टीले छोड्दैन र त्यसमा सभापति रवि लामिछाने नै जानुहुन्छ,’ उनले सञ्चारमाध्यमहरूसँग भनेका छन् ।

गृह मन्त्रालयमा नेकपा एमालेले पनि दाबी गरिरहेको छ । तर, लामिछानेले नछोड्ने हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले दबाबमा साथै सशंकित छन् । प्रधानमन्त्री प्रचण्डले भने मन्त्रालयको भागबन्डा आफैं मिलाउन गठबन्धनका दललाई भनिसकेका छन् । सत्तारुढ गठबन्धनबीच मन्त्रालय भागबन्डाबारे मंगलबार दिउँसो बैठक बस्दैछ ।

सोमबार एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच नयाँ सत्ता गठबन्धन बनेको थियो । गठबन्धनबाट जसपाबाहेक पार्टीबाट तीन मन्त्रीले सपथ खाइसकेका छन् । चार पार्टीबीच ८ बुँदे सहमति भइसकेको छ ।

लामिछानेका पार्टनर जिबी सहकारी ठगी प्रकरणमा जोडिएपछि फरार छन् । उनीविरूद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरेको छ । सहकारीका बचतकर्ताको रकम ग्यालेक्सी फोरके टिभीमा लगानी गरेको र त्यसमा लामिछानेसमेत पार्टनर भएका कारण प्रहरीले उनीहरूमाथि अनुसन्धान गरिरहेको छ ।

गृह मन्त्रालयमा लामिछाने गए आफू जोडिएको मुद्दा प्रभावित पार्न उनले भूमिका खेल्न सक्ने र स्वार्थको द्वन्द्व हुने भएका कारण गठबन्धनका दलहरू उनलाई गृह मन्त्रालय सुम्पिन सशंकित छन् ।

‘एक लेभलमा छलफल चलिरहेको छ, कुन-कुन मन्त्रालय लिने र कसको नेतृत्वमा जाने भन्ने ३ बजे बस्ने बैठकले तय गर्ने छ,’ रास्वपा सह-प्रवक्ता प्रतिभा रावलले भनिन् ।

विभागले लामिछाने र ग्यालेक्सी फोरके टेलिभिजनका मालिक गितेन्द्रबाबु राईमाथि छानबिन थालेको एक महिना हुँदै छ । यसक्रममा विभागले लामिछाने र राईको बैंकिङ खाताको विवरण मागेको छ ।

माघ ८ गते नेपाल बैंकसहित अन्य १९ वटा बैंकलाई चिठी लेख्दै विभागले लामिछाने र राईको विवरण मागेको छ । चिठीमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरको जाँचबुझको सिलसिलामा आवश्यक परेकाले बैंक खाता विवरण, खाता खोल्दाको कागजातहरू र बैंक मौज्दात पठाइदिन अनुरोध गरिएको छ ।

विभागले राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, नेपाल एसबिआई, एभरेष्ट, एनआइसी एसिया, कुमारी, कृषि विकास बैंकलगायतलाई चिठी लेखेको छ ।

चिठीमा उनीहरूले ऋण लिएको भए त्यसको विवरणसमेत उपलब्ध गराउन अनुरोध गरिएको छ ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  १२ : ३३ बजे

सरकारी गाडीको ठक्करबाट गैँडाकोटमा पैदलयात्रीको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० सिस्नेस्थित पूर्वपश्चिम राजमार्गमा

जबजको मार्गमा अघि बढ्न एमालेको आह्वान, लोकप्रियतावाद अस्थायी चुनौती : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको मार्गदर्शक सिद्धान्त

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

कैलाली । कैलालीका स्थानीय पालिकाहरूले खेतबारीमा आगो नलगाउन नागरिकलाई अनुरोध

कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम आज विराटनगरमा हुँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा कोशी प्रदेशस्तरीय

वाम शक्तिबीच मोर्चाबन्दी अपरिहार्य : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले