१० श्रावण २०८३, आइतबार | July 27, 2026

सुरजपुरामा सहिद आलोक र चौधरीको स्मरणमा स्मृती सभा



बुटवल । रुपन्देही कांग्रेसले स्मृति सभा गरेर सहिद यादवनाथ आलोक र रामप्रसाद चौधरीको स्मरण गरेको छ । नेपाली काँग्रेसको पार्टी संगठनका क्रममा २०४० फागुन २० गते रुपन्देहीको सुरजपुरामा भएको घटनामा घाईते भई दिवंगत भएका रुपन्देहीका यादवनाथ आलोक र रामप्रसाद चौधरीको स्मरणमा स्मृति सभा गरेर कांग्रेसले सहिद द्वयलाई सम्झेको हो ।

मंगलबार देवदहको सुरजपुरामा नेपाली काँग्रेस रुपन्देहीले ४० औं स्मृति सभा गरेको हो । २०३६ सालको जनमत संग्रहमा बहुदलले हारेपछि पार्टी सिथिल जस्तै बनेको समयमा पार्टीलाई पुनजाग्रित गरि प्रजातन्त्र प्राप्तको आन्दोलनलाई बल पुर्याउन नेपाली काँग्रेसका तत्कालिन महामन्त्री गिरिजाप्रसाद कोईराला सहित नेताहरु शेरबहादुर देउवा, रामचन्द्र पौडेल, सैलजा आचार्य लगायतको टोली देश दौडाहामा निस्किएको थियो । देश दौडाहामा रहेको टोलीलाई नेपाली काँग्रेस रुपन्देहीले तत्कालिन रुपन्देहीका सभापति पुष्पानन्द गिरीको घर देवदह नगरपालिका वडा नं. ३ सुरजपुरामा कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा बहुदल विरुद्धको समुहले आक्रमण गरेको थियो । जहाँ यादवनाथ आलोक र रामप्रसाद चौधरीले ज्यान गुमाउनु पर्यो भने शेरबहादुर देउवाको ओठमा गहिरो दाग बस्ने गरि काटिएको थियो । उक्त घटनामा देउवा सहित २७२ जना घाईते भएका थिए । बहुदल विरुद्धको समुहले गरेको सांघातिक आक्रमणबाट घाईते भएका आलोक र चौधरीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल (साविक लुम्बिनी अञ्चल अस्पताल) बुटवलमा उपचारको क्रममा मृत्यु भएको थियो ।

आज आयोजित स्मृतिसभामा बोल्ने वक्ताहरुले उक्त ऐतिहासिक घटना भएको घरलाई संग्रहालय बनाउन सुझाव दिएका छन् । प्रजातन्त्र प्राप्तीको लागि सुरजपुरा घटना प्रस्थान विन्दु भएको बताउँदै त्यसलाई संग्रहालय बनाउनु पर्नेमा उनीहरुले जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकले उक्त घर नेपाली काँग्रेसका लागि मात्रै नभएर लोकतान्त्रिक शासन व्यवस्था स्थापित गर्ने आन्दोलनका हिसावले ऐतिहासिक भएको बताउँदै कुनै न कुनै रुपमा संरक्षण गर्नुपर्ने बताए । उनले भने–‘यो हाम्रो लागि मात्रै नभएर देशकै एउटा गहना हो ।’

नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले उक्त घरलाई संग्रहालय बनाउने विषयमा धेरै प्रयासहरु भएको बताउँदै त्यसकालागि सबैको एकतावद्ध प्रयासको खाँचो औंल्याए ।

नेपाली काँग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकालले काँग्रेसलाई सिध्याउने मण्डलेहरुको अभियानका क्रममा ४० सालको सुरजपुरा घटना घटाईएको बताए । उनले मण्डलेहरुलाई कतै राजाले काँग्रेससंग मिलेर आफूहरुलाई साथ छोड्ने त हैन भन्ने भयले काँग्रेसलाई समाप्त पार्नको लागि आक्रमण गरिएको विश्लेषण गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य देवीप्रसाद चौधरी, सहिद पत्नी सीता न्यौपाने, रुपन्देही क्षेत्र नं. १ का क्षेत्रीय सभापति हिराबहादुर खत्री, काँग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरेलगायतले उक्त घरलाई संग्रहालय बनाउनु पर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ८ : ४५ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले