६ भदौ २०८३, शनिबार | August 22, 2026

फ्रान्स बन्यो गर्भपतनलाइ संवैधानिक अधिकार दिने विश्वको पहिलो राष्ट्र, ८ मार्चमा उत्सव मनाइने



पेरिस । फ्रान्स संविधानमा नै गर्भपतन अधिकारहरू समावेश गर्ने विश्वको पहिलो देश बनेको छ । फ्रान्सेली संसदको दुवै सदनका सांसदहरूले मापनको पक्षमा ७८० मत परेको छ भने विपक्षमा २८ मत परेको छ, जुन फ्रान्सेली संविधान संशोधन गर्न आवश्यक दुइ तिहाइ भन्दा बढी मत परेको छ ।

पेरिसको दक्षिणपश्चिममा रहेको प्यालेस अफ भर्साइल्समा सांसदहरूको विशेष भेलामा सोमबारको मतदान विधायी प्रक्रियाको अन्तिम चरण पार गरेका थिए भने फ्रान्सेली सिनेट र राष्ट्रिय सभाले यस वर्षको सुरुमा संशोधनलाई व्यापक रूपमा अनुमोदन गरेको जनाइएको छ ।

सो संशोधनले फ्रान्समा गर्भपतन ‘ग्यारेन्टेड स्वतन्त्रता’ हुन पुगेको छ । केही समूह र सांसदहरूले स्पष्ट रूपमा गर्भपतनलाई ‘अधिकार’ भन्न कडा भाषाको लागि आह्वान गरेका थिए । सांसदहरूले यस कदमलाई फ्रान्सको लागि प्रजनन अधिकारमा समर्थनको स्पष्ट संकेत पठाउनको लागि इतिहास बनाउने तरिकाको रूपमा स्वागत गरेका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अत्याधिक बहुमत मतदान पछि एफिल टावरमा ‘मेरो शरीर मेरो रोजाई’ उल्लेख गरिएर उत्सव मनाइएको थियो । प्रधानमन्त्री गेब्रियल एटलले मतदान अघि भनेका थिए कि विगतमा गैरकानूनी गर्भपतन सहन बाध्य पारिएका महिलाहरूप्रति सांसदहरूको ‘नैतिक ऋण’ थियो ।

‘सबैभन्दा पहिला हामी सबै महिलाहरूलाई सन्देश पठाउँदैछौं, तपाईको शरीर तपाईको हो,’ संसोधनपछि अटलले भने । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सरकारले शुक्रबार अन्तर्राष्ट्रिय महिला अधिकार दिवसमा संशोधन पारित भएकोमा औपचारिक समारोह आयोजना गर्ने जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ८ : ०९ बजे

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : सुरुभयो मतदान

नेपालगन्ज । बाकेका उद्यागी व्यवसायीहरुको छाता संगठन नेपालगन्ज उद्योय वाणिज्य

कसले थाम्ने नेपालगन्ज उद्योग वाणिज्य संघको विरासत !

नेपालगन्ज । सीमित अगुवा व्यापारीको बैठकीबाट सुरु भएको नेपालगन्ज उद्योग

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

बागलुङ । किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया बागलुङबाट वीरगञ्ज

नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई-परफर्मेन्ससँग भिड्दै

काठमाडौं । अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपाल ‘ए’

पत्रकार महासंघ रुपन्देहीद्वारा वातावरण पत्रकारिता पुरस्कारलाई पुनः निरन्तरता दिइने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा सञ्चालन हुँदै आएको