९ माघ २०८२, शुक्रबार | January 24, 2026

फ्रान्स बन्यो गर्भपतनलाइ संवैधानिक अधिकार दिने विश्वको पहिलो राष्ट्र, ८ मार्चमा उत्सव मनाइने



पेरिस । फ्रान्स संविधानमा नै गर्भपतन अधिकारहरू समावेश गर्ने विश्वको पहिलो देश बनेको छ । फ्रान्सेली संसदको दुवै सदनका सांसदहरूले मापनको पक्षमा ७८० मत परेको छ भने विपक्षमा २८ मत परेको छ, जुन फ्रान्सेली संविधान संशोधन गर्न आवश्यक दुइ तिहाइ भन्दा बढी मत परेको छ ।

पेरिसको दक्षिणपश्चिममा रहेको प्यालेस अफ भर्साइल्समा सांसदहरूको विशेष भेलामा सोमबारको मतदान विधायी प्रक्रियाको अन्तिम चरण पार गरेका थिए भने फ्रान्सेली सिनेट र राष्ट्रिय सभाले यस वर्षको सुरुमा संशोधनलाई व्यापक रूपमा अनुमोदन गरेको जनाइएको छ ।

सो संशोधनले फ्रान्समा गर्भपतन ‘ग्यारेन्टेड स्वतन्त्रता’ हुन पुगेको छ । केही समूह र सांसदहरूले स्पष्ट रूपमा गर्भपतनलाई ‘अधिकार’ भन्न कडा भाषाको लागि आह्वान गरेका थिए । सांसदहरूले यस कदमलाई फ्रान्सको लागि प्रजनन अधिकारमा समर्थनको स्पष्ट संकेत पठाउनको लागि इतिहास बनाउने तरिकाको रूपमा स्वागत गरेका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अत्याधिक बहुमत मतदान पछि एफिल टावरमा ‘मेरो शरीर मेरो रोजाई’ उल्लेख गरिएर उत्सव मनाइएको थियो । प्रधानमन्त्री गेब्रियल एटलले मतदान अघि भनेका थिए कि विगतमा गैरकानूनी गर्भपतन सहन बाध्य पारिएका महिलाहरूप्रति सांसदहरूको ‘नैतिक ऋण’ थियो ।

‘सबैभन्दा पहिला हामी सबै महिलाहरूलाई सन्देश पठाउँदैछौं, तपाईको शरीर तपाईको हो,’ संसोधनपछि अटलले भने । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सरकारले शुक्रबार अन्तर्राष्ट्रिय महिला अधिकार दिवसमा संशोधन पारित भएकोमा औपचारिक समारोह आयोजना गर्ने जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ८ : ०९ बजे

सुरक्षा चुनौती सामनामा सशस्त्र प्रहरीको भूमिका स्मरणीय छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको सार्वभौमिकता, स्वाधिनता र भौगोलिक

नेपाल बन्यो लिफ कोलियसन सम्झौतामा हस्ताक्षर गर्ने पहिलो दक्षिण एसियाली मुलुक

काठमाडौं । नेपाल सरकारले वन विनाश न्यूनीकरणका प्रयासको कदरस्वरूप लिफ

देश परिवर्तनको यात्रामा सहकार्य गर्न महामन्त्री पौडेलको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा

चुनावमा दल र उम्मेदवारले बैंक खाताबाट मात्र खर्च गर्न पाउने, राष्ट्र बैंकलाई आयोगको पत्र

काठमाडौं । चुनावका लागि दल र उम्मेदवारको छुट्टै खाता खोल्ने

दलीय पत्रकारिताले लोकतन्त्र कम्जोर भयो : मेयर विष्ट

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले दलीय पत्रकारिताको कारण