६ बैशाख २०८३, आइतबार | April 19, 2026

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको एक लाख २३ हजार पाँच सय



काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुनः नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार पाँच सय तोकिएको छ । अघिल्लो दिन त्यस दिनसम्मकै उच्च दर प्रतितोला रु एक लाख २३ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले बढेर नयाँ उचाइमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख २२ हजार नौ सय कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख २२ हजार चार सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार चार सय ४० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा हाल सुन प्रति औँस दुई हजार एक सय २६ डलर आसपास कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ११ : २७ बजे

सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथि प्रतिबन्ध प्रयासप्रति नेकपाको आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा

काठमाडौंमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली

काठमाडौं । काठमाडौंको बिष्णुमती खोलाको किनारमा ठुलो परिमाणको हतियार फेला

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको

‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका