१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

माओवादी केन्द्रद्वारा सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता



सुदूरपश्चिम । नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बिहान माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको सो पार्टीका प्रदेशसभा सदस्य शिवसिंह ओलीले जानकारी दिए ।

नेपाली कांग्रेस संसदीय दलका नेता शाह नेतृत्वको सरकारमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सत्ता साझेदार थियो । कूल ५३ सदस्यीय प्रदेशसभामा सभामुखबाहेक सो पार्टीका दश प्रदेशसभा सदस्य छन् ।

प्रदेशसभाको ठूलो दल नेपाली कांग्रेसका १९ सदस्यमध्ये बझाङबाट प्रदेशसभामा निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको केही महिनाअघि गाडी दुर्घटनामा निधन भएको थियो । प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दश, नागरिक उन्मुक्तिका सात, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का चार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक र एक स्वतन्त्र सदस्य छन् ।

सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी)ले आज मध्याह्नसम्म सरकारमा रहने वा नरहने भन्नेबारेमा कुनै निर्णय गरिसकेका छैनन् । यसअघि मङ्गलबार मुख्यमन्त्री शाहले नेकपा (माओवादी केन्द्र)बाट सरकारमा सहभागी सामाजिक विकासमन्त्री झपटबहादुर साउद, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र उद्योग पर्यटन तथा वातावरण राज्यमन्त्री गीतादेवी माललाई पदमुक्त गरेका थिए । मन्त्रीद्वय साउद र धामीले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले आफैँ मातहत राखेका थिए ।

यस अघि माओवादीले गण्डकी र लुमिबनीमा पनि सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  २ : ३० बजे

नख्खु जेल प्रकरणमा रवि लामिछानेसहित चार जनामाथि सूक्ष्म अनुसन्धान सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा नख्खु

जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र

पूर्वाधार विस्तारमा प्रगति, सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो

काठमाडौं । मुलुकको आर्थिक तथा सामाजिक विकासको आधार मानिने भौतिक

शुक्रबार अपरान्ह ४ बजे बजेट भाषण

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री