५ श्रावण २०८३, मंगलबार | July 21, 2026

नयाँ मन्त्रीहरुको सपथ ५ बजे



काठमाडौं । नयाँ मन्त्रीहरुको सपथ साँझ ५ बजे हुने भएको छ ।

नवगठित सत्ता गठबन्धनबीच मन्त्रालयमा भागबन्डा मिलेपछि पार्टीहरूले गरेको सिफारिसका आधारमा प्रधानमन्त्रीले मन्त्रीहरू नियुक्त गर्न लागेका छन् । उनीहरुको सपथका लागि राष्ट्रपति कार्यालय शितलनिवासलाई प्रधानमन्त्रीको सचिवालयले खबर गरिसकेको छ ।

त्यसपछि शितलनिवासमा सपथग्रहणको तयारी सुरु भएको छ । माओवादी, एमाले र रास्वापबाट सिफारिस भएका मन्त्रीहरुले आज सपथ लिनेछन् ।

यसअघि एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डिपी अर्यालले पद तथा गोपनियताको सपथ लिइसकेका छन् ।  बिना बिभागीय मन्त्रीको हैसियतमा सपथ लिएका यी तीन नेताले आजै मन्त्रालयको जिम्मेवारी पाउने छन् ।

प्रधानमन्त्रीः पुष्पकमल दाहाल प्रचण्ड

नेकपा एमालेका मन्त्रीहरूः

रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार

पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला

हरि उप्रेती, रक्षा

भगवति चौधरी, महिला बालबालिका

राजेन्द्र राई, खानेपानी

दामोदर भण्डारी, उद्योग

ज्वालाकुमारी साह, कृषि तथा सहकारी

बलराम अधिकारी, भूमि व्यवस्था

 

माओवादीका मन्त्रीहरू

नरायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र

वर्षमान पुन, अर्थ

शक्ति बस्नेत, उर्जा

रेखा शर्मा, सुचना तथा सञ्चार

हितबहादुर तामाङ,  संस्कृति तथा पर्यटन

 

रास्वपाका मन्त्रीहरू

रवि लामिछाने, उपप्रधान तथा गृह

डीपी अर्याल, श्रम तथा राेजगार

विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद

सुमना श्रेष्ठ, शिक्षा तथा बिज्ञान

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ३ : ४२ बजे

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

सुदूरपश्चिम । ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

काठमाडौं । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६

जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह

विश्वकप लिग-२ मा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बिहान