३१ बैशाख २०८१, सोमबार | May 13, 2024

‘महाकमेडी विथ महाजात्रा’ले बुटवलका सडकमा भेटेका ‘साँढे’



बुटवल । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बुधबार साँझ ‘महाकमेडी विथ महाजात्रा’ कार्यक्रम सम्पन्न भयो । चलचित्र ‘महाजात्रा’ र ‘कमेडी नाइट विथ च्याम्यिन’ मिलेर देशदौडाहामा रहेको टोलीले पोखरापछि बुटवलमा ‘महाकमेडी विथ महाजात्रा’ सम्पन्न गरेको हो ।

दर्शकले खचाखच भरिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रमुख अतिथीको रुपमा बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेय तथा विशिष्ट अतिथीका रुपमा तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरीसहित अन्य जनप्रतिनिधि र विशिष्ट व्यक्तीहरुको समेत उपस्थिती रहेको थियो । राजनीतिक वा अन्य कार्यक्रमभन्दा फरक । टिभी शोकै शैलीमा सञ्चालन गरिएको कार्यक्रममा बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले स्वागतसहित मन्त्वय व्यक्त गरेपछि पूरा समय हास्यव्यङ्ग्यमै बितेको थियो ।

‘कमेडी नाइट विथ च्याम्पियन’ का अधिकांश कलाकारको उपस्थिती रहेको कार्यक्रममा दर्शदिर्घतर्फ अध्यक्षता गरेर बसेकी थिइन् हास्य कलाकार दिपाश्री निरौला । उक्त कार्यक्रमको फर्म्याट अनुसार अन्य श्रृङ्खलाहरुमा कमेडी नाइट विथ च्याम्पियनका निर्देशक विशाल भण्डारी सधै ‘रोस्ट’ बन्ने गरेका छन् । बुधबारको साँझ भने कलाकारले उनको भन्दा बढी बुटवल उपमहानगरका सडकमा भेटिने ‘साँढे’लाई रोस्ट बनाए ।

निर्धारित समयभन्दा ठिक १ घण्टा ढिला गरी ७ बजे कार्यक्रमको शुभारम्भ गर्दै कलाकार तथा कमेडी नाइट विथ च्याम्पियनका निर्देशक विशाल भण्डारीले बुटवलको सडक र त्यहाँ भेटिएका साँढे बारे चर्चा गरे । ‘रोस्ट’ गर्दै उनले पोखरादेखि बुटवल आउने क्रममा सडकमा भेटिएका साँढेका कारण गती सीमित गर्नु परेको तथा कार्यक्रमकी अध्यक्ष दिपाश्री निरौला मोटी भएका कारण सडकका साँढेहरुको भिडमा बाटो पाउन मुस्किल भएको व्याङ्ग्य प्रस्तुत गरे । बुटवलमा सडकमा भेटिने छाडाचौपायाको बारेमा कार्यक्रमको सुरुवातदेखि अन्त्यसम्मनै ब्याङ्ग्या प्रस्तुत गरेका कालाकारहरुले छिमेकी पालिका तिलोत्तमा नगरपालिकाको भने खुलेरै प्रशँसा गरेका थिए ।

‘कमेडी नाइट विथ च्याम्यिन’का अभिनेत्री दीपाश्री निरौलाले अध्यक्षको सीटमा बसेर ‘मार्यो’–‘मार्यो’ भनेर चिच्याई रहँदा झन बढी हस्किएर स्ट्याण्डअप कमेडीयनहरुले स्टेजबाट बुटवल र बुटवलका सडकमा भेटिएका छाडा चौपायालाई विषय बनाएर रोस्ट गरिरहेका थिए । कमेडियनहरु सुमन कार्की र मेक्सम गौडेल गौडेलले अमेरिका पुगेर फर्किएका दुई वृद्धहरुको अभिनय गर्दै बुटवलको सिद्धबाबा सडक र बुटवलमा भेटिने छाडा चौपायाका बारेमा चोटिलो प्रहार गरेका थिए । वर्षौसम्म पनि सिद्धबाबा सडक सुरक्षित बन्न नसकेको बताउँदै उनीहरुले अमेरिकाबाट नेताहरुलाई लाज पचाउने उपहार ल्याइदिएको व्याङ्ग्या प्रस्तुत गरे । यसैगरी कलाकारहरु सजन श्रेष्ठ, प्रभात लामा, सन्तोष थापा लगायतले प्रस्तुती दिँदै बुटवलको सडकमा भेटिने छाडा चौपायालेनै ट्राफिक प्रहरीको काम गरिरहेको, बालबालिकाहरुलाई पशुचौपायाको बारेमा अध्ययन गर्न सजिलो भएको, सडकमा ब्रेकर राख्नै नपर्नेगरी समस्या हल भएको भन्दै उपमहानगरलाई कडा व्याङ्ग्या गरेका थिए । कलाकारहरुले बुटवलको समस्या बारे चोटिला व्याङ्ग्या गर्दैगर्दा दर्शकदिर्घबाट तालिका फोहरासहित सिट्टी बजिरहेका थिए ।

करिब साढे २ घण्टा लामो कार्यक्रममा चलचित्र महाजात्राको बारेमा कलाकारहरुले पटक–पटक चर्चा गर्दै चैत ९ गतेलाई निम्तो गरिरहेका थिए । नेपाली चलचित्र महाजात्राका कलाकारहरु राजाराम पौडेलसहित रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा लगायतका कलाकार कार्यक्रममा सहभागी थिए । टेलिभिजनमा प्रसारण हुने कार्यक्रमकै फर्म्याटमा सो आयोजना गरिएको थियो । पोखराबाट सुरु भएको ‘महाकमेडी विथ महाजात्रा’ बुटवलपछि २५ गते धनगढीमा हुनेछ । फागुन ३० गते बिर्तामोड, चैत १ गते इटहरी, ३ गते हेटौँडा र ४ गते नारायणगढमा ‘महाकमेडी विथ महाजात्रा’ टोली जानेछ । कार्यक्रममा सहभागी हुनका लागि खल्ती एप मार्फत टिकट खरिद गर्न सकिने व्यवस्था रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  ९ : २७ बजे

बालविवाह निरुत्साहित गर्न प्रतिबद्धता आवश्यक : मुख्यमन्त्री महरा

दाङ । बालविवाह निरुत्साहित गर्न विद्यालयले विद्यार्थी र अभिभावकलाई परामर्श

स्थायी कमिटी बैठकबाट चार प्रतिवेदन परिमार्जनसहित अनुमोदन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आज सम्पन्न

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटबाट मनोमानी

वल्डलिङ्कको रिट खारेज, राज्य कोषको अर्बौँ रकम सुरक्षित

काठमाडौं । सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ

प्रभु बैंकका ग्राहकले चिरायु नेशनल हस्पिटलमा पाउने भए विशेष छुट

काठमाडौ । चिरायु नेशनल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट