२४ भदौ २०८३, बुधबार | September 9, 2026

बाँकेको जानकीमा लुटेराको आक्रमणबाट एकजनाको मृत्यु



नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाको मानपुर नजिकै लुटेरा समुहको आक्रमणबाट एकजनाको ज्यान गएको छ । मध्यराती आएका ५-७ जनाको समुहले लुटपाट गर्ने क्रममा प्रतिकार गर्दा उनीहरुको चिर्पट दाउराको प्रहारबाट जानकी ३ रुद्रपुर नयाँबस्तीका सन्तोष कठरिया थारुको मृत्यु भएको हो ।

चिर्पट दाउराको प्रहारबाट गम्भीर घाइते भएका थारुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मध्यराती साढे १२ बजेको समयमा कठरियाको घरमा जबरजस्ती प्रवेश गर्न खोजेका समुहको प्रतिकार गर्दा अज्ञात समुहले उनीमाथि चिर्पट दाउराले प्रहार गरेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्ष सुवास चन्द्र बोहराले बताए । लुटपाटकै उद्देश्यले आएको अनुमान गरिएको सो समुहको प्रतिकारका क्रममा मृतक केडेरियाकी श्रीमती सविता राजबंशी थारु पनि घाइते भएकी उनले बताए ।

अज्ञात समुहबाट आक्रमण भएको जानकारी प्राप्त भए लगत्तै प्रहरी परिचालन गरिएको र घाइतेको उद्दार सहित खोजी अभियान थालिएको एसपी बोहराले बताए । लुटेराहरुले सबिताले लगाएको सुनको फुली र ४० हजार नगद लुटेर लगेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार खजुरारोडबाट भित्रि सडकमा पर्ने रुद्रपुरमा एकान्तमा रहेको घरमा लुटपाटकै उद्देश्यले सो समह आएको अनुमान गरिएको छ । घटना भएको स्थान नेपालगन्ज उपमहानगरसँग जोडिएको सिमाना क्षेत्रमा पर्दछ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  ९ : ५४ बजे

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ

‘भदौ २४ को विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण थियो’ : एमाले

काठमाडौं । नेकपा (एमाले)ले गत वर्ष भदौ २३ र २४