१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

कांग्रेस संसदीय दलको निस्कर्ष – प्रधानमन्त्री प्रचण्डले राजनीतिक बेइमानी गरे



काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक बेइमानी गरेको निस्कर्ष निकालेको छ ।

कांग्रेस संसदीय दलको बिहीबार बिहान बसेको बैठकले प्रधानमन्त्री प्रचण्डले राजनीतिक विश्वासघात गर्दै गठबन्धन भत्काएको निष्कर्ष निकालेको हो ।

गठबन्धन तोड्नुपर्नाका कारणबारे प्रधानमन्त्री दिएको तर्क काल्पनिक रहेको पनि कांग्रेसले ठहर गरेको छ । ‘प्रधानमन्त्रीले हामीलाई विश्वासघात गर्नुभयो, गठबन्धन भत्काउनुभयो,’ बैठकपछि संचारकर्मीसँग कुरा गर्दै संसदीय दलका मुख्यसचेतक रमेश लेखकले भने, ‘तथाकथित कारण देखाएर उहाँले गठबन्धन भत्काउनुभयो, यसलाई हामीले राजनीतिक बेइमानीका रूपमा ठहर गरेका छौं।’

संसदीय दलले पार्टी केन्द्रले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णयअनुसार अघि बढ्दै समर्थन फिर्ता लिएको जानकारी सभामुखलाई गराउने निर्णय गरेको छ । कांग्रेसले ०७९ पुस २६ गतेको निर्णयअनुसार प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको थियो।

यही सोमबार प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर एमाले, रास्वपासहितको नयाँ गठबन्धन बनाएका थिए।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  १२ : ०३ बजे

बुटवलमा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण अभियान सुरु

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन

सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

बेनी । सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी

पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी सवारीसाधन फिर्ता

काठमाडौं । सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै

अध्यादेशमार्फत शासन चलाउन खोजिएको भन्दै कांग्रेसको आपत्ति, ‘शक्ति केन्द्रीकरणको खतरनाक संकेत’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् स्थगित गरेर

बाँकेको नरैनापुरमा आगलागी, १५ घर/गोठ जले

नेपालगन्ज । बाँकेको नरैनापुरमा भीषण आगलागी भएको छ । नरैनापुर