२५ फाल्गुन २०८२, सोमबार | March 10, 2026

प्रथम अखिल कप अन्तर मावि बास्केट बलको उपाधि न्यु भिजनलाई



बुटवल । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० बुटवल नगर कमिटीको आयोजना सोमबार बुटवलमा सम्पन्न प्रथम अखिल कप अन्तर मावि बास्केटबल प्रतियोगिताको उपाधी न्यु भिजन माविले जितेको छ । बुटवल(११ देविनगरस्थित भुपु सैनिक क्लबको मैदानमा सम्पन्न प्रतियोगितमा न्यु भिजनले अक्सफोर्ड माविलाई पराजित गरेको हो ।

विजेता बनेको न्यु भिजनले नगद राशी ३३ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी उपविजेतामा सीमिति अक्सफोर्ड मावि ‘ए’ टिमले नगद २२ हजार राशीसहित कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । बुटवल उपमहानगरका विभिन्न विद्यालयहरु गरी १२ टिम सहभागी प्रतियोगिताको सेमिफाइनलमा न्यु भिजनले मणिमुकुन्द मावि ‘ए’ टिमलाई पराजित गरेको थियो भने अक्सफोर्डले न्यु होराइजन माविलाई पराजित गरेको थियो । हाफ कोर्टमा ३र३ जना खेलाइएको प्रतियोगितामा न्यु भिजनका सुप्रिम थापा मोस्ट भ्यालुएवल खेलाडी बन्न सफल भए भने सुमित राना हाइ स्कोरर बन्न सफल भए ।

यसअघि प्रतियोगिताको समुद्घाटन गर्दै अनेरास्ववियु केन्द्रीय कोषाध्यक्ष संगम अर्यालले खेलको माध्यमबाट विद्यार्थीको चौतर्फी बिकासमा संगठनले क्रियाकलापलाई थप बढाउने उल्लेख गरे ।

स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद भन्ने मूल नारासँगै सबै युवा विद्यार्थीहरुलाई संगठित गर्नुपर्नेमा उनले जोड दिए ।

यसैगरी नेकपा एमाले बुटवल नगर कमिटीका अध्यक्ष किशन ज्ञवाली, युवा नेता बाबुराम पन्थी, अनेरास्ववियु स्थाई कमिटी सदस्य लेखनाथ खनाल, अनेरास्ववियु रुपन्देही अध्यक्ष भरत अर्याल युवा संघ रुपन्देही अध्यक्ष बिकासजंग बस्नेत लगायतले बोल्दै खेलकूद तथा अतिरिक्त क्रियाकलापहरुलाई अनेरास्ववियुले थप वृद्धि गर्नुपर्नेमा जोड दिए ।

अनेरास्ववियु बुटवलका अध्यक्ष रोशन घिमिरेको अध्यक्षता तथा विशाल थापा संयोजक रहेको कार्यक्रमको सञ्चालन अनेरास्ववियु सदस्य प्रतिमा पाण्डेले गरेकी थिइन ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ७ : ३६ बजे

देशका विभिन्न ठाउँमा वर्षा, भोलि यी ठांउमा हुने छ वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली

रवि र बालेन्द्रसंग मोदीको टेलिफोन संवाद, मिलेर काम गर्ने प्रतिबद्धता

नेपालगन्ज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने

धनुषा-१ : नेकपाका मातृकाले पाए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा