४ चैत्र २०८२, बुधबार | March 18, 2026

आर्सनल र बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा



काठमाडौं । आर्सनल र बार्सिलोना युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् । गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा पोर्चुगीच क्लब पोर्टोलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै आर्सनल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।

यस अघि निर्धारित ९० मिनेटको समयमा आर्सनलले १-० को जित निकालेपछि पहिलो लिगमा पोर्टो १-० ले विजयी भएको आधारमा नतिजा १-१ को बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलिएको थियो ।

अतिरिक्त समयमा दुवै क्लबले कुनै गोल नगरेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

त्यस्तै बार्सिलोनाले गएराती नै सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा नापोलीलाई ३-१ ले पराजित गर्दै समग्रमा ४-२ को नतिजासहित च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

योसँगै अहिलेसम्म आर्सनलसहित बार्सिलोना, पिएसजी, बायर्न म्युनिख, म्यानचेस्टर सिटी र रियल म्याड्रिड यस सिजनको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ७ : ३९ बजे

जग्गा विवादमा छोराले गरे आमाको हत्या

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५

लागुऔषधसहित सात जना पक्राउ

भद्रपुर । लागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।

आगामी साता नयाँ सरकार गठन हुनसक्छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ताभित्र नयाँ सरकार गठन

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत